SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२२ गते
    ७७६ &#२३४६;&#२३३५;&#२३२५;

    सत्तारुढ नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञवालीले नेकपाभित्र एक व्यक्ति, एक पदको व्यवस्था लागू हुनुपर्ने बताएका छन् । उनले दुई अध्यक्षमध्ये एकजनाले सरकार र एकजनाले पार्टी चलाउनुपर्ने जिकिर गरे  ।

    ‘प्रधानमन्त्री केपी ओलीले सरकार मात्रै चलाउनुपर्छ र पार्टी चलाउने एकल जिम्मा अध्यक्ष ‘प्रचण्ड’ लाई दिनुपर्छ,’ ज्ञवालीले भने  । काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै नेता ज्ञवालीले नेकपाभित्र अहिले ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को बहस सुरु भइरहेको बताए  ।

    ज्ञवालीले पार्टीका नेताहरू सरकार र पार्टीको प्रमुख जिम्मेवारीसहित दोहोरो भूमिकामा रहन नहुने र यसले स्थानीय तहमा समेत प्रभाव पारेको टिप्पणी गरे  । उनले भने, ‘अहिले पनि कुनै नगरपालिकाका प्रमुख पार्टी कमिटीको अध्यक्षका रूपमा कार्यरत छन्  ।’ नयाँ पत्रिकाबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    बालकृष्ण खाणले न्याय पाउनुहुन्छ :शेरबहादुर देउवा

    भैरहवा (रुपन्देही) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी...

    बाहिर चर्को भाषण ओलीको , सिंहदरबार र बालुवाटारमा प्रचण्डसँग भेटवार्ताको लर्को

    काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुक र जनतालाई पार लगाउन...

    दलबलसहित प्रदर्शनमा हिँडेका दुर्गा प्रसाईँलाई बाटोबाटै फर्काइयो

    काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले संघीय लोकतान्त्रिक गणतन्त्र...

    अब गौर हत्याकाण्डका हत्यारालाई पक्राउ गरेर राज्यलाई बुझाउँछौं : प्रभु साह

    काठमाडौं। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका हत्यारालाई आफूहरुले पक्राउ गरेर सरकारलाई बुझाउने...

    दुर्गा प्रसाईं समूहको गौशालामा प्रदर्शन, प्रहरीले गर्‍यो लाठी चार्ज

    काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा प्रदर्शन भएको छ ।विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं