सम्राट जिसी, रुपन्देही । गोर्खाली युवा सशक्तीकरण सस्था रुपन्देहीको निशुल्क खाना बितरण कार्यक्रम दोश्रो हप्ता पनि सभ्य र भब्य रुपमा सफल भएको छ ।
समाजमा दिन दुखी र गरिब हरुलाइ केही भएपनी पेट भरियोस् र खाना संगै मनोरंजन का साथ रमाइलो गर्ने बाताबरण भएको सस्थाका अध्यक्ष पुरिले बताए ।
भने जन्म दिनको अबशर पारेर यसै सस्थाका संरक्षक नरेस्वर पौडेल ले आफ्नो जन्म दिनमा फजुल खर्च नगरी यसै अभियान लाई सहयोग गर्नु भयो र सम्पुर्ण लाई आफ्नो जन्म दिन यस्तै सामाजिक कार्य हरु गरेर मनाउन आग्रह गरे ।
निशुल्क खानाको दोस्रो हप्तामा ६५ जनाले खानु भयो र गोर्खालि परिबार संगै नाचेर रमाइलो गरेर एउटा आफ्नै घरको परिबार जस्तै रमाइलो गरेर दोश्रो हप्ताको अभियान सफल भएको सस्थाका सदस्य तथा कार्यक्रम संयोजक रामचन्द्र पौडेलले जनाकारी दिए