पर्वत,। पर्वतको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरका केही युवाहरूले र पर्वतको बिहादी ३ रानीपानीमा रहेको रेडियो सत्यवाणीको अप्सरा नेपाली बचाउ अभियानमा पर्वत बिहादी २ बर्राचौरका युवा रगु हिताङ्ग, अमित क्षेत्री ,पदम पुरी, रहित पुरी र पत्रकार अमृत भट्टराई लगायतका युवाहरू बिहादी गाउँपालिका का विभिन्न विद्यालय , समाजसेवी ,व्यापारीसँग अप्सरा बचाउ अभियानमा सहयोग गर्ने अपिल गर्दै हिडेका थिए ।
गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालीका वडा नम्बर ४ बस्ने यस बहादुर सार्कीकि जेठी छोरी अप्सरा नेपालीको आन्द्रामा समस्य भए पछि काठमाडौंमा ल्याब टेस्ट बाट क्यान्सर भएको पुष्टि भएसँगै उनको उपचार अहिले नयाँ दिल्लीमा भएको र आर्थिक समस्य परेको हुनाले घर परिवारले आर्थिक सहयोगको अपिल गरेपछि विहादी दुई बर्राचौरका केही युवाले सहयोग ठाउने कार्य सुरु गरेका थिए ।
युवाले ६८,५९७ रुपैया रकम संकलन गरेका थिए ।संकलन गरेको उक्त रकम बिहादी ३ रानीपानीमा रहेको सृजना युवा क्लबको तीज विशेष कार्यक्रममा अप्सरा नेपालीका ठुला बाबु टुक बहादुर सार्की लाई हस्तान्तरण गरेको हो ।