SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/६ गते
    १०३६ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कृष्णनगर कपिलवस्तु । सशस्त्र प्रहरी ऐन २०५८लाई लालमोहर लगाईएको दिन लाई सशस्त्र प्रहरी बल नेपालले ऐतिहासिक दिनको रुपमा मनाउने उद्देश्य ले सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो रक्तदान कार्यक्रम लाई भव्यताका साथ मनाउन आज भाद्र ६ गते सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्यावासिनी वाहिनी मूख्यालय रुपन्देहीको आयोजनामा सशस्त्र प्रहरी बल नेपाल नं.२८ गण कपिलवस्तु ,सशस्त्र प्रहरी बल नेपाल नं. ३९गुल्म हे.क्वा.(रा.तथा भ.ग.सु) कृष्णनगर कपिलवस्तु र लायन्स क्लब आफ कृष्णनगरको सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सशस्त्र प्रहरी बल नं.३९गुल्म कृष्णनगरको प्रागण मा सम्पन्न भयो।

    कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तुका प्रमुख जिल्लाधिकारी गजेन्द्र बहादूर श्रेष्ठ,सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्यावासिनी बाहिनी मूख्यालयका निमित्त बाहिनीपति स.प्र.ब.उ.कुमार न्योपाने,स.प्र.ब.नेपाल नं.२८ का सशस्त्र प्रहरी उपरिक्षक जनकपुरी,कृष्णनगर भन्सार कार्यलय प्रमुख,आन्तरिक राजस्व कार्यलय कृष्णनगर प्रमुख,विजयनगर गाउपालिका प्रमुख,उद्योग वाणिज्य संघ कृष्णनगर अध्यक्ष,ईलाका प्रहरी कार्यलय कृष्णनगर प्रमुख,ईलाका प्रहरी कार्यलय गणेशपुर प्रमुख,लायन्स क्लब आफ कृष्णनगर अध्यक्ष,अशोका कर्ण,लायन्स क्लबका जिल्ला सल्लाहकार लायन्स दिनेश चन्द्र गुप्ता,सचिव अनिल कुमार मोदनवाल,उपाध्यक्ष सनाउल्ला खान,लायन्स क्लब आफ चन्द्रौटाका अध्यक्ष शिवराज सापकोटा, रेडक्रासका प्रतिनिधी,के.आई.नेपाल कृष्णनगर प्रमुख,लगायत पत्रकार समाजसेवीहरु उपस्थित रहेका थिए ।

    रक्तदान जीवन दान बराबर रहेको र कपिलवस्तु जिल्ला मा ब्लड बैंक न रहेको अवस्थामा निकै असहज रहेको साथै ब्लड अवश्यक परेका व्यक्तिहरु बाहिर जानु पर्ने बाध्यता देखापरे काले कपिलवस्तु जिल्लामा नै ब्लड बैंक स्थापना गर्नु पर्ने कुरामा जोड दिदै आफूबाट हुनसक्ने हरेक यस सम्बन्धि प्रयास गर्न तैयार रहेको प्रमुख अतिथि श्रेष्ठले बताए ।

    उक्त रक्तदान कार्यक्रम मा सशस्त्र प्रहरीका कर्मचारी,नेपाल प्रहरी,पत्रकार र सरकारी गैर सरकारी,संघ संस्था का व्यक्ति,व्यापारी,सर्व साधारण गरी जम्मा ८० जनाले ८० यूनिट रक्तदान गरेको कुरा सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म कृष्णनगर का सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही ले जानकारी दिएका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं