
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । अजिमा र ६ लैंगिक पहिचान वृत्तचित्र बाराही सिनेमा हल पोखरामा प्रर्दशन भएको छ । प्रर्दशन पश्चात चलचित्र समीक्षा र मातृसत्तात्मक परम्पराहरूमा अन्तर्दृष्टिका बारेमा छलफल भएको थियो ।
वृत्तचित्रमा निर्माता सुनिलबाबु पन्तले नेपालको समृद्ध आध्यात्मिक र सांस्कृतिक तानाबानाको अन्वेषण गर्ने, लैङिकता, योनिकता, आध्यात्मिकता र इतिहासको गहिरो मातृसत्तात्मक कथाहरूको खोजी गरिएको बताउनुभयो ।
निर्माता सुनिलबाबु पन्तले ‘मातृसत्तामा समानता थियो, स्वतन्त्रता थियो। यौन हिंसा हुँदैनथ्यो। महिलालाई देवीको रूपमा पुजिन्थ्यो। भन्नुभयो’ राजधानी काठमाडौं सहरका मन्दिरमा कुदिएका कलाकृतिले पनि यो कुरालाई पुष्टि गर्ने दाबी गरिएको अजिमा र ६ लैङ्गिक पहिचानसम्बन्धी वृत्तचित्रमा रहेको बताउनुभयो ।
वृत्तचित्रमा अजिमाका मन्दिरहरूको वर्णन गरिएको छ । इन्द्र स्वर्गबाट फुल टिप्न आएको कथन, मल्ल राजाको पालामा सुरु भएको इन्द्रजात्रामा रथ तान्नेदेखि लिङ्गो ठड्याउने परम्परासँगै कुमारी जस्तै भैरव र गणेश राख्ने चलनलाई वृत्तचित्रमा देखाइएको छ ।
निर्माता पन्तले मछिन्द्रनाथको मूर्ति ‘न महिला न पुरुष’ देखिने तन्त्र परम्परामा ठुलो सानो हुँदैन । तल्लो माथिल्लो भनिँदैन। सबैको अस्तित्व छ । यही अस्तित्वलाई वृत्तचित्रमा प्रस्ट पार्ने कोसिस गर्नुभएको छ । लाखे नाँच, डाकिनीबारे पनि वृत्तचित्रमा देखाइएको छ ।
धेरैको नजरमा नपरेको मन्दिरका टुँडालहरूमा कुदिएका ६ थरीका पहिचान भएका व्यक्तिको यौन सम्बन्धबारे निर्माता पन्तले बुझाउने प्रयास गर्नुभएको छ । वृत्तचित्रमा समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिंगीको पहिचानबारे खुलाइएको छ ।
असनको गणेश मन्दिरमा छोरा जन्मेको महिला स्वभावको, छोरी जन्मेको पुरुष स्वभावको मात्रै होइन दुवै यौनाङ्ग लिएर जन्मेका व्यक्तिको स्वरूपलाई पनि पन्तले वृत्तचित्रमा प्रस्ट्याउनुभएको छ ।
वृत्तचित्र काठमाडौँको मातृसत्तात्मक इतिहास, अजिमा देवीहरू, पितृसत्तात्मक र मातृसत्तात्मक मूल्यहरू बीचको जटिल सम्बन्धमा केन्द्रित रहेको छ । वृत्तचित्रले विविध लिङ्ग र कामुकताहरूको अन्वेषण गर्दछ र सांस्कृतिक सम्पदा र आधुनिक लैङ्गिक मुद्दाहरूमा गहिरो प्रतिबिम्ब प्रस्तुत गर्दछ ।
पन्तले वृत्तचित्रमा काठमाडौं सहरलाई मातृसत्तात्मक परिप्रेक्ष्यमा देखाउँदै नारी योनीलाई महत्त्व दिने मन्दिरहरूलाई प्रकाश पार्दै यो वृत्तचित्र लैङ्गिकता अध्ययनमा रुचि राख्ने विद्यार्थीहरूका लागि बहुमूल्य स्रोत भएको बताउनुभयो । पन्तले संविधान सभाका सदस्यहरू र महिला अधिकारकर्मीहरूले यो वृत्तचित्र हरेक व्यक्तिलाई देखाउन सुझाव दिएको बताउदै नयाँ बहसका लागि वृत्तचित्र नयाँ खुराक हुने जनाउनुभयो ।
अधिकारकर्मीहरूले अहिलेसम्म भ्रम स्थापित भएको भन्दै उनीहरूले यौनिकतालाई त्यसबेला कसरी हेरिन्थ्यो भन्ने वृत्तचित्रले उजागर गरेको उल्लेख गरे । दर्शकहरुले समाजमा रहेको पितृसत्तात्मक सोच बदल्न वृत्तचित्र सफल हुने र वृत्तचित्र हेरेपछि ‘नेपालमा रहेको मातृसत्ता/व्यवस्था बुझ्न हेर्नै पर्ने फिल्म’ रहेको बताएका छन् ।
संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक समेत रहनुभएको पन्तले संविधान सभामा झन्डा फेर्ने बहस समेत भएको भन्दै नेपालको झन्डा जस्तो अरू कुनै पनि देशको झन्डामा समानता भेट्न नसकिने बताउनुभयो । वृत्तचित्र युरोपियन युनियनको आर्थिक सहयोगमा निर्माण भएको र सहयोग अष्ट्रेलिएन एम्बेसि नेपाल र मायाको पहिचान नेपाल रहेको पन्तले बताउनुभयो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया