SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/१६ गते
    ३०२ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । अजिमा र ६ लैंगिक पहिचान वृत्तचित्र बाराही सिनेमा हल पोखरामा प्रर्दशन भएको छ । प्रर्दशन पश्चात चलचित्र समीक्षा र मातृसत्तात्मक परम्पराहरूमा अन्तर्दृष्टिका बारेमा छलफल भएको थियो ।

    वृत्तचित्रमा निर्माता सुनिलबाबु पन्तले नेपालको समृद्ध आध्यात्मिक र सांस्कृतिक तानाबानाको अन्वेषण गर्ने, लैङिकता, योनिकता, आध्यात्मिकता र इतिहासको गहिरो मातृसत्तात्मक कथाहरूको खोजी गरिएको बताउनुभयो ।

    निर्माता सुनिलबाबु पन्तले ‘मातृसत्तामा समानता थियो, स्वतन्त्रता थियो। यौन हिंसा हुँदैनथ्यो। महिलालाई देवीको रूपमा पुजिन्थ्यो। भन्नुभयो’ राजधानी काठमाडौं सहरका मन्दिरमा कुदिएका कलाकृतिले पनि यो कुरालाई पुष्टि गर्ने दाबी गरिएको अजिमा र ६ लैङ्गिक पहिचानसम्बन्धी वृत्तचित्रमा रहेको बताउनुभयो ।

    वृत्तचित्रमा अजिमाका मन्दिरहरूको वर्णन गरिएको छ । इन्द्र स्वर्गबाट फुल टिप्न आएको कथन, मल्ल राजाको पालामा सुरु भएको इन्द्रजात्रामा रथ तान्नेदेखि लिङ्गो ठड्याउने परम्परासँगै कुमारी जस्तै भैरव र गणेश राख्ने चलनलाई वृत्तचित्रमा देखाइएको छ ।

    निर्माता पन्तले मछिन्द्रनाथको मूर्ति ‘न महिला न पुरुष’ देखिने तन्त्र परम्परामा ठुलो सानो हुँदैन । तल्लो माथिल्लो भनिँदैन। सबैको अस्तित्व छ । यही अस्तित्वलाई वृत्तचित्रमा प्रस्ट पार्ने कोसिस गर्नुभएको छ । लाखे नाँच, डाकिनीबारे पनि वृत्तचित्रमा देखाइएको छ ।

    धेरैको नजरमा नपरेको मन्दिरका टुँडालहरूमा कुदिएका ६ थरीका पहिचान भएका व्यक्तिको यौन सम्बन्धबारे निर्माता पन्तले बुझाउने प्रयास गर्नुभएको छ । वृत्तचित्रमा समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिंगीको पहिचानबारे खुलाइएको छ ।

    असनको गणेश मन्दिरमा छोरा जन्मेको महिला स्वभावको, छोरी जन्मेको पुरुष स्वभावको मात्रै होइन दुवै यौनाङ्ग लिएर जन्मेका व्यक्तिको स्वरूपलाई पनि पन्तले वृत्तचित्रमा प्रस्ट्याउनुभएको छ ।

    वृत्तचित्र काठमाडौँको मातृसत्तात्मक इतिहास, अजिमा देवीहरू, पितृसत्तात्मक र मातृसत्तात्मक मूल्यहरू बीचको जटिल सम्बन्धमा केन्द्रित रहेको छ । वृत्तचित्रले विविध लिङ्ग र कामुकताहरूको अन्वेषण गर्दछ र सांस्कृतिक सम्पदा र आधुनिक लैङ्गिक मुद्दाहरूमा गहिरो प्रतिबिम्ब प्रस्तुत गर्दछ ।

    पन्तले वृत्तचित्रमा काठमाडौं सहरलाई मातृसत्तात्मक परिप्रेक्ष्यमा देखाउँदै नारी योनीलाई महत्त्व दिने मन्दिरहरूलाई प्रकाश पार्दै यो वृत्तचित्र लैङ्गिकता अध्ययनमा रुचि राख्ने विद्यार्थीहरूका लागि बहुमूल्य स्रोत भएको बताउनुभयो । पन्तले संविधान सभाका सदस्यहरू र महिला अधिकारकर्मीहरूले यो वृत्तचित्र हरेक व्यक्तिलाई देखाउन सुझाव दिएको बताउदै नयाँ बहसका लागि वृत्तचित्र नयाँ खुराक हुने जनाउनुभयो ।

    अधिकारकर्मीहरूले अहिलेसम्म भ्रम स्थापित भएको भन्दै उनीहरूले यौनिकतालाई त्यसबेला कसरी हेरिन्थ्यो भन्ने वृत्तचित्रले उजागर गरेको उल्लेख गरे । दर्शकहरुले समाजमा रहेको पितृसत्तात्मक सोच बदल्न वृत्तचित्र सफल हुने र वृत्तचित्र हेरेपछि ‘नेपालमा रहेको मातृसत्ता/व्यवस्था बुझ्न हेर्नै पर्ने फिल्म’ रहेको बताएका छन् ।

    संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक समेत रहनुभएको पन्तले संविधान सभामा झन्डा फेर्ने बहस समेत भएको भन्दै नेपालको झन्डा जस्तो अरू कुनै पनि देशको झन्डामा समानता भेट्न नसकिने बताउनुभयो । वृत्तचित्र युरोपियन युनियनको आर्थिक सहयोगमा निर्माण भएको र सहयोग अष्ट्रेलिएन एम्बेसि नेपाल र मायाको पहिचान नेपाल रहेको पन्तले बताउनुभयो ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं