
१आठौ पर्वत महोत्सव आज देखी शुरु
२पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै
३हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो
४गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत
५“पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”
६जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु
७एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
८पर्वत कारागार प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
९पर्वतका विद्यालयबीच टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुँदै
१०दूरसञ्चार बिना विकास सम्भव छैन : मन्त्री थापा
११पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको लागि टिम दर्ता सुरु
१२हेमजा युनाईटेले न्यानो कपडा तथा स्टेशनरी वितरण
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
६मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
७‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
८वेस्टर्न मेगा कलेजद्वारा MBA अभिमुखीकरण कार्यक्रम सम्पन्न
९सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै
१०कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता
११फलामखानीका विद्यार्थी तथा शिक्षकलाई ,समाजसेवी भट्टराईको सहयोगमा न्यानो कपडा वितरण
१२मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम एउटै मञ्चमा,खर्च मितब्ययीताको प्रयास
पर्वत । साउन महिना लागेसँगै एक/दुई जनामा डेंगुको पुष्टि भएको पर्वतमा पछिल्ला दिनमा संक्रमितहरूको संख्या ह्वात्तै बढेको छ । गत साउन एक गतेदेखि डेंगु संक्रमित देखिन थालेकोमा मंगलवारसम्म कुल ९४ जनामा डेंगु पुष्टि भइसकेको छ । कतिपय बिरामीहरु गम्भिर प्रकृतिका समेत रहेको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो । मंगलवार साँझसम्मको तथ्याङ्क अनुसार सबैभन्दा बढी कुश्मा नगरपालिकाका ७० जनामा सङ्क्रमणको पुष्टि भएको छ । मंगवार एकैदिन १२ जना संक्रमित कुश्मामा पुष्टि भएका हुन् ।
बाँकी २४ जना जिल्लाका अन्य स्थानीय तह सहित जिल्ला बाहिरबाट आएका बिरामी हुन् । उनीहरू मोदी गाउँपालिकाका पाँच जना, जलजला गाउँपालिकाका चार जना, फलेवास नगरपालिकाका नौ जना, महाशिला गाउँपालिकाका एक जना, विहादी एक र अन्य जिल्लाबाट आएका चार जना रहेका छन् । चार जना छिमेकी जिल्ला बागलुङका हुन् ।
‘विगत केही हप्तादेखि पर्वत जिल्लामा डेंगी सङ्क्रमण दिन प्रतिदिन दोब्बर हुँदै गएको हुँदा जो कसैलाई पनि यो रोग लाग्न सक्ने सम्भावना छ’, उहाँले भन्नुभयो, ‘जिल्लाका सबै सरकारी-गैर सरकारी निकाय, स्थानीय तहका सम्पूणर् वडा, स्वास्थ्य संस्था, विद्यालय, ग्यारेज, वर्कसप, कवाडी सङ्कलन केन्द्र, जनसमुदायको घर तथा पसल वरपर टोल तथा समुदायमा पानी जम्न नदिने, पानी जम्ने खाल्डाहरू पुर्ने, घर वरिपरि भएका झाडी सफा गर्ने, पानीका भाँडाहरू ढाकेर राख्ने अभियान सञ्चालन गर्न अनुरोध छ ।’
पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार गत साउन २९ गते सबैभन्दा बढी १९ जनामा संक्रमण पुष्टि भएको थियो । गर्मी याम र वर्षाका कारण लामखुट्टेमैत्री वातावरण तयार हुँदा लामखुट्टेको प्रजनन बढेको र यसले सङ्क्रमण बढाइरहेको हो । अस्पतालमा आउने उच्च ज्वरोका बिरामीहरू बढिरहेको र उनीहरूमध्ये नै डेंगुको सङ्क्रमण पुष्टि भएको हो ।
https://youtu.be/cg8Hs9GICKk?si=vFD27knXlrzSXV_L
पर्वत अस्पताल वा जिल्लाका अन्य सरकारी स्वास्थ्य संस्थामा पुगेर उपचार गराउने क्रममा डेंगुको संक्रमण पुष्टि भएकाहरूको तथ्यांक आउने भए पनि जिल्लाबाहिर गएर उपचार गर्ने तथा निजी स्वास्थ्य संस्थामा पुगेर उपचार गराउनेहरूको विवरण भने पर्वत अस्पताल वा स्वास्थ्य कार्यालयमा आउँदैनन् । यही कारण अहिले पर्वतमा पुष्टि भएका ६४ जनाबाहेक जिल्लाका अन्य स्थानहरूमा पनि डेंगुका बिरामीहरूको संख्या बढिरहने अवस्था छ ।
स्वास्थ्य कार्यालय, पर्वत अस्पताल र स्थानीय तहहरूले पनि डेंगु रोकथामको लागि प्रचारप्रसार गरिरहे पनि लामखुट्टेको टोकाई र संक्रमण भने बढिरहेको छ । लामखुट्टेको प्रकोप बढ्दा पानी पोख्ने अभियान समेत चलाइएको थियो । पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बास्तोलाले बिहान र बेलुकाको समयमा जिल्लामा रहेको सबै सरकारी तथा गैर सरकारी निकाय, स्थानीय तहका सबै वडा, स्वास्थ्य संस्था, विद्यालय, ग्यारेज, वर्कसप, कवाडी संकलन केन्द्र, नागरिकका घर तथा पसलसहित समुदायमा रहेका पानी जम्ने खाल्डाखुल्डी, ताल, पोखरी, झाडी सबै ठाउँमा सरसफाइको अभियान चलाइएको र यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
लामखुट्टेको टोकाइबाट बच्न आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँहरूमा पानी जम्न नदिने, पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्ने, दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै वेला झुल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने गरी लुगा लगाउनेलगायतका उपाय अवलम्बन गर्नुपर्ने चिकित्सहरुको सुझाव छ ।
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
प्रतिक्रिया