
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
पर्वत । साउन महिना लागेसँगै एक/दुई जनामा डेंगुको पुष्टि भएको पर्वतमा पछिल्ला दिनमा संक्रमितहरूको संख्या ह्वात्तै बढेको छ । गत साउन एक गतेदेखि डेंगु संक्रमित देखिन थालेकोमा मंगलवारसम्म कुल ९४ जनामा डेंगु पुष्टि भइसकेको छ । कतिपय बिरामीहरु गम्भिर प्रकृतिका समेत रहेको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो । मंगलवार साँझसम्मको तथ्याङ्क अनुसार सबैभन्दा बढी कुश्मा नगरपालिकाका ७० जनामा सङ्क्रमणको पुष्टि भएको छ । मंगवार एकैदिन १२ जना संक्रमित कुश्मामा पुष्टि भएका हुन् ।
बाँकी २४ जना जिल्लाका अन्य स्थानीय तह सहित जिल्ला बाहिरबाट आएका बिरामी हुन् । उनीहरू मोदी गाउँपालिकाका पाँच जना, जलजला गाउँपालिकाका चार जना, फलेवास नगरपालिकाका नौ जना, महाशिला गाउँपालिकाका एक जना, विहादी एक र अन्य जिल्लाबाट आएका चार जना रहेका छन् । चार जना छिमेकी जिल्ला बागलुङका हुन् ।
‘विगत केही हप्तादेखि पर्वत जिल्लामा डेंगी सङ्क्रमण दिन प्रतिदिन दोब्बर हुँदै गएको हुँदा जो कसैलाई पनि यो रोग लाग्न सक्ने सम्भावना छ’, उहाँले भन्नुभयो, ‘जिल्लाका सबै सरकारी-गैर सरकारी निकाय, स्थानीय तहका सम्पूणर् वडा, स्वास्थ्य संस्था, विद्यालय, ग्यारेज, वर्कसप, कवाडी सङ्कलन केन्द्र, जनसमुदायको घर तथा पसल वरपर टोल तथा समुदायमा पानी जम्न नदिने, पानी जम्ने खाल्डाहरू पुर्ने, घर वरिपरि भएका झाडी सफा गर्ने, पानीका भाँडाहरू ढाकेर राख्ने अभियान सञ्चालन गर्न अनुरोध छ ।’
पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार गत साउन २९ गते सबैभन्दा बढी १९ जनामा संक्रमण पुष्टि भएको थियो । गर्मी याम र वर्षाका कारण लामखुट्टेमैत्री वातावरण तयार हुँदा लामखुट्टेको प्रजनन बढेको र यसले सङ्क्रमण बढाइरहेको हो । अस्पतालमा आउने उच्च ज्वरोका बिरामीहरू बढिरहेको र उनीहरूमध्ये नै डेंगुको सङ्क्रमण पुष्टि भएको हो ।
https://youtu.be/cg8Hs9GICKk?si=vFD27knXlrzSXV_L
पर्वत अस्पताल वा जिल्लाका अन्य सरकारी स्वास्थ्य संस्थामा पुगेर उपचार गराउने क्रममा डेंगुको संक्रमण पुष्टि भएकाहरूको तथ्यांक आउने भए पनि जिल्लाबाहिर गएर उपचार गर्ने तथा निजी स्वास्थ्य संस्थामा पुगेर उपचार गराउनेहरूको विवरण भने पर्वत अस्पताल वा स्वास्थ्य कार्यालयमा आउँदैनन् । यही कारण अहिले पर्वतमा पुष्टि भएका ६४ जनाबाहेक जिल्लाका अन्य स्थानहरूमा पनि डेंगुका बिरामीहरूको संख्या बढिरहने अवस्था छ ।
स्वास्थ्य कार्यालय, पर्वत अस्पताल र स्थानीय तहहरूले पनि डेंगु रोकथामको लागि प्रचारप्रसार गरिरहे पनि लामखुट्टेको टोकाई र संक्रमण भने बढिरहेको छ । लामखुट्टेको प्रकोप बढ्दा पानी पोख्ने अभियान समेत चलाइएको थियो । पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बास्तोलाले बिहान र बेलुकाको समयमा जिल्लामा रहेको सबै सरकारी तथा गैर सरकारी निकाय, स्थानीय तहका सबै वडा, स्वास्थ्य संस्था, विद्यालय, ग्यारेज, वर्कसप, कवाडी संकलन केन्द्र, नागरिकका घर तथा पसलसहित समुदायमा रहेका पानी जम्ने खाल्डाखुल्डी, ताल, पोखरी, झाडी सबै ठाउँमा सरसफाइको अभियान चलाइएको र यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
लामखुट्टेको टोकाइबाट बच्न आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँहरूमा पानी जम्न नदिने, पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्ने, दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै वेला झुल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने गरी लुगा लगाउनेलगायतका उपाय अवलम्बन गर्नुपर्ने चिकित्सहरुको सुझाव छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया