
१“विहादी गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न, झण्डै दुई करोड बजेट रकमान्तर”
२आठौं पर्वत महोत्सव दोस्रो दिन: चर्चित गायक अर्जुन सापकोटाको प्रस्तुति रहने
३आठौ पर्वत महोत्सव आज देखी शुरु
४पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै
५हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो
६गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत
७“पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”
८जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु
९एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
१०पर्वत कारागार प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
११पर्वतका विद्यालयबीच टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुँदै
१२दूरसञ्चार बिना विकास सम्भव छैन : मन्त्री थापा
१इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
२चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
३पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
४पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
५‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
६सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै
७वेस्टर्न मेगा कलेजद्वारा MBA अभिमुखीकरण कार्यक्रम सम्पन्न
८कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता
९मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम एउटै मञ्चमा,खर्च मितब्ययीताको प्रयास
१०एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
११मोदी गाउँपालिकाले खेलकुदसंगै संस्कृति जोगाउँदै
१२बर्ड एजुकेसन सोसाइटीको साप्ताहिक चरा अवलोकन, विदेशी पर्यटक समेतकाे सहभागिता
पोखरा ।नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले ‘समृद्ध प्रदेशः सुखी प्रदेशवासी’ प्रति कटाक्ष गरेर सत्तापक्ष अगाडि बढ्छ भने आफूहरुलाई किमार्थ स्वीकार्य नहुने बताउनुभएको छ । बिहीबार गण्डकी प्रदेश सभाको बैठकमा बोल्दै उहाँले सरकार बदलिँदा अघिल्लो सरकारका राम्रा कामलाई निरन्तरता नदिने गरेकोमा असन्तुष्टि जनाउनुभयो ।
‘नव उदारवादी अर्थतन्त्रको नाममा गरिबी बढाउने, केही मुठीभर मानिस धनी हुने, प्रदेश त्यसको मतियार बन्ने हो भने किमार्थ प्रतिपक्षलाई स्वीकार हुँदैन’ उहाँले भन्नुभयो । यसपालीको बजेट सबै दल मिलेर पास गर्नुपर्ने अवस्थामा रहेको उहाँले बताउनुभयो । त्यसकुरालाई ध्यान नदिई एकपक्षीय रुपमा सत्तापक्ष जाने हो भने के गर्ने भन्नेबारे सल्लाह गरेर निर्णय गर्ने खुलाउनुभयो ।
‘अहिलेका मुख्यमन्त्रीले भनेजस्तो हामी २७ जना छौं देखाइदिन्छौ भन्ने पक्षमा छैन, कस्लाई देखाउनेरु जनता हाम्रो अगाडि छन् निमुखा छन् बाटो बनेको छैन, पूल बनेको छैन, बेरोजगारी हटेको छैन, औद्योगीक क्षेत्र निर्माण भएका छैनन्, वित्तीय समानिकरण अनुदानमा चुनौती आइरहेको छ कस्लाई देखाइदिनेरु’ उहाँले भन्नुभयो ‘म त्यत्रो धम्कीपूर्ण भाषा भन्न सक्ने हैसियतमा छैन, म गर्दिन पनि’ उहाँले खुलाउनुभयो ।
अघिल्लो वर्षको बजेट ल्याउँदा एमालेले जितेको क्षेत्रमा ताकि–ताकि बजेट काटेको आरोप उहाँको थियो । ‘अघिल्लो पटक बडा सन्तुलित अर्थमन्त्रीले ल्याएको बजेट छानी–छानी एमालेमाथि, अझ विशेषत विपक्षी दलको नेताको ठाउँमा नपार्ने भनेर सपथ खाएको त होइन होला, तर प¥यो त्यस्तो कसरी हो, म तपाईहरुलाई केही भन्दिन, तर बजेट ल्याउदा त्यसरी ताकि–ताकि ल्याउनु भयो भने मलाई ताक्नुहोला अरुलाई नताक्नुहोला’ चेतावनी शैलीमा उहाँले भन्नुभयो । एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका अधिकारीले करको दर नभएर करको दायरा बढाउन समेत आग्रह गर्नुभएको छ । करको दायरा बढा
उन सके आन्तरिक राजश्व बढ्ने दावी उहाँको छ । ‘करको दर होइन दायरा बढाउने र करको क्षेत्रमा ल्याउने काम गरौं, कम्तीमा तीन तारेसम्मका होटलमा हामी जाने र स्थानीय रिर्सोटहरु स्थानीय तहलाई दिने गरी जान सकियो भने आन्तरिक राजश्व बढ्छ’ उहाँको भनाई थियो ।
हामी हाम्रा निष्ठा विश्वासप्रति कटिबद्ध छौं, त्यो हाम्रो सार्वभौम अधिकार हो । तर, हाम्रा साझा कुराहरु पनि छन् । त्यसतर्फ ध्यान दियौँ भने हाम्रो प्रदेशलाई बलियो र सुदृढ बनाउन सक्छौ । पर्यटनको क्षेत्रमा नयाँ पदमार्ग खोल्ने, हिमालय क्षेत्रमा लुकेका पदमार्गलाई अगाडि बढाउनुपर्ने उहाँको तर्क थियो ।
पोखरा पर्यटनको राजधानी घोषणा गर्दाको गाइडलाइन अनुसार पूर्वाधार विकास गर्न, २४ सैं घण्टा खोल्न, सुशासन शान्ति सुरक्षा प्रदान गर्न लगानी कति हुन्छ बजेटको सिद्धान्त र प्राथमिकता बनाउँदा ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रकृति र संस्कृतिलाई साथमा लिएर यहाँको पर्यटनलाई अगाडि बढाउनुपर्नेछ । जलवायू परिवर्तनले पारेको असरको समाधान गर्नेतर्फ ध्यान दिनुपर्नेछ । यसका अलावा जनसांख्यिक लाभ लिँदै उद्यमशिलतातर्फ लगरे स्वरोजगार सिर्जना गर्नेतर्फ जानुपर्ने खुलाउनुभयो । पछिल्लो समयमा चुनौतीको रुपमा देखिएको जंगली जनावर र मानवबीचको द्धन्द व्यवस्थापन तर्फ समेत प्रदेशले उतिकै ध्यान दिनुपर्ने अधिकारीले बताउनुभयो ।
१इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
२चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
३पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
४पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
५‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
प्रतिक्रिया