
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा ।नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले ‘समृद्ध प्रदेशः सुखी प्रदेशवासी’ प्रति कटाक्ष गरेर सत्तापक्ष अगाडि बढ्छ भने आफूहरुलाई किमार्थ स्वीकार्य नहुने बताउनुभएको छ । बिहीबार गण्डकी प्रदेश सभाको बैठकमा बोल्दै उहाँले सरकार बदलिँदा अघिल्लो सरकारका राम्रा कामलाई निरन्तरता नदिने गरेकोमा असन्तुष्टि जनाउनुभयो ।
‘नव उदारवादी अर्थतन्त्रको नाममा गरिबी बढाउने, केही मुठीभर मानिस धनी हुने, प्रदेश त्यसको मतियार बन्ने हो भने किमार्थ प्रतिपक्षलाई स्वीकार हुँदैन’ उहाँले भन्नुभयो । यसपालीको बजेट सबै दल मिलेर पास गर्नुपर्ने अवस्थामा रहेको उहाँले बताउनुभयो । त्यसकुरालाई ध्यान नदिई एकपक्षीय रुपमा सत्तापक्ष जाने हो भने के गर्ने भन्नेबारे सल्लाह गरेर निर्णय गर्ने खुलाउनुभयो ।
‘अहिलेका मुख्यमन्त्रीले भनेजस्तो हामी २७ जना छौं देखाइदिन्छौ भन्ने पक्षमा छैन, कस्लाई देखाउनेरु जनता हाम्रो अगाडि छन् निमुखा छन् बाटो बनेको छैन, पूल बनेको छैन, बेरोजगारी हटेको छैन, औद्योगीक क्षेत्र निर्माण भएका छैनन्, वित्तीय समानिकरण अनुदानमा चुनौती आइरहेको छ कस्लाई देखाइदिनेरु’ उहाँले भन्नुभयो ‘म त्यत्रो धम्कीपूर्ण भाषा भन्न सक्ने हैसियतमा छैन, म गर्दिन पनि’ उहाँले खुलाउनुभयो ।
अघिल्लो वर्षको बजेट ल्याउँदा एमालेले जितेको क्षेत्रमा ताकि–ताकि बजेट काटेको आरोप उहाँको थियो । ‘अघिल्लो पटक बडा सन्तुलित अर्थमन्त्रीले ल्याएको बजेट छानी–छानी एमालेमाथि, अझ विशेषत विपक्षी दलको नेताको ठाउँमा नपार्ने भनेर सपथ खाएको त होइन होला, तर प¥यो त्यस्तो कसरी हो, म तपाईहरुलाई केही भन्दिन, तर बजेट ल्याउदा त्यसरी ताकि–ताकि ल्याउनु भयो भने मलाई ताक्नुहोला अरुलाई नताक्नुहोला’ चेतावनी शैलीमा उहाँले भन्नुभयो । एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका अधिकारीले करको दर नभएर करको दायरा बढाउन समेत आग्रह गर्नुभएको छ । करको दायरा बढा
उन सके आन्तरिक राजश्व बढ्ने दावी उहाँको छ । ‘करको दर होइन दायरा बढाउने र करको क्षेत्रमा ल्याउने काम गरौं, कम्तीमा तीन तारेसम्मका होटलमा हामी जाने र स्थानीय रिर्सोटहरु स्थानीय तहलाई दिने गरी जान सकियो भने आन्तरिक राजश्व बढ्छ’ उहाँको भनाई थियो ।
हामी हाम्रा निष्ठा विश्वासप्रति कटिबद्ध छौं, त्यो हाम्रो सार्वभौम अधिकार हो । तर, हाम्रा साझा कुराहरु पनि छन् । त्यसतर्फ ध्यान दियौँ भने हाम्रो प्रदेशलाई बलियो र सुदृढ बनाउन सक्छौ । पर्यटनको क्षेत्रमा नयाँ पदमार्ग खोल्ने, हिमालय क्षेत्रमा लुकेका पदमार्गलाई अगाडि बढाउनुपर्ने उहाँको तर्क थियो ।
पोखरा पर्यटनको राजधानी घोषणा गर्दाको गाइडलाइन अनुसार पूर्वाधार विकास गर्न, २४ सैं घण्टा खोल्न, सुशासन शान्ति सुरक्षा प्रदान गर्न लगानी कति हुन्छ बजेटको सिद्धान्त र प्राथमिकता बनाउँदा ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रकृति र संस्कृतिलाई साथमा लिएर यहाँको पर्यटनलाई अगाडि बढाउनुपर्नेछ । जलवायू परिवर्तनले पारेको असरको समाधान गर्नेतर्फ ध्यान दिनुपर्नेछ । यसका अलावा जनसांख्यिक लाभ लिँदै उद्यमशिलतातर्फ लगरे स्वरोजगार सिर्जना गर्नेतर्फ जानुपर्ने खुलाउनुभयो । पछिल्लो समयमा चुनौतीको रुपमा देखिएको जंगली जनावर र मानवबीचको द्धन्द व्यवस्थापन तर्फ समेत प्रदेशले उतिकै ध्यान दिनुपर्ने अधिकारीले बताउनुभयो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया