
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
सुर्खेत । १५ वर्षअघि २६ फागुन २०६५ मा भएको हत्याको एउटा घटना पुनः बिउँझिएको छ ।कालीकोटका १७ वर्षीय युवक राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले यसअघि जिल्ला अदालतबाट १३ साउन २०७९ मा पक्राउ पुर्जी लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी लक्ष्मण शाहीका अनुसार १५ वर्षअघिको उक्त हत्या प्रकरणमा संलग्न रहेको आरोप लागेका कालीकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएकी माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंह, सोही ठाउँका ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालीकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।किटानी जाहेरीमा नाम उल्लेख भएका उनीहरुमाथि गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट पक्राउपुर्जी जारी भएको प्रहरीले जनाएको छ । ‘किटानी जाहेरीका आधारमा ६ जना विरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएको छ । उनीहरुको घर-ठेगानामा खोजतलासका लागि पत्राचार गरिसकेका छौं,’ सुर्खेत प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रसिंह थापाले भने ।
घटनाको अनुसन्धान गर्न पछिल्लो पटक सुर्खेत प्रहरीले प्रहरी निरीक्षक कृष्ण खड्कालाई अनुसन्धान अधिकारी तोकेको छ । त्यसो त यो घटनामा अनुसन्धान अधिकृत तोकिएको यो पहिलो पटक होइन । उक्त घटनाका आरोपीलाई पक्रिन भन्दै यसअघि प्रहरीले ३१ जनालाई अनुसन्धान अधिकृत तोकिसकेको थियो । तर ‘हाइप्रोफाइल’ व्यक्ति जोडिएको भन्दै आरोपितलाई पक्राउ गर्ने आदेश भने थिएन ।‘यो अलि हाइप्रोफाइल जोडिएको घटना भयो । अनुसन्धान अधिकारी तोकिए पनि समातिहाल्ने आदेश भने थिएन,’ पुराना एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने, ‘यो राजनीतिसँग जोडिएको घटना भएकाले त्यति चासोका साथ नहेरिएकै हो ।’
कसरी भयो घटना ?
कालीकोटका राजबहादुर सुर्खेतको जन उच्च माविमा कक्षा ११ मा पढ्दै आएका थिए । कालीकोटकै पाखास्थित विद्यालयबाट एसएलसीमा प्रथम भएका उनी उच्च शिक्षा अध्ययनका लागि सुर्खेत झरेका थिए । मृतकका बुवा नन्दबहादुर मल्ल भन्छन्, ‘पढाइमा सानैदेखि तेज थियो । एसएलसीमा त विद्यालय प्रथम नै भयो । त्योभन्दा माथिको पढाइ झन् राम्रो गर्ला भनेर सुर्खेत पठाएका थियौं । पढ्न पठाएको छोराको हत्या गरिदिए ।’नन्दबहादुर भन्छन्, ‘उनीहरू शक्तिकै आडमा पक्राउ परेका थिएनन् । अहिले अदालतले पक्राउ पुर्जी जारी गरेको छ । अब छोराले न्याय पाउँछ कि भन्ने आश जागेको छ ।’नन्दबहादुरका पाँच सन्तानमध्ये राजबहादुर साहिँला छोरा हुन् । विद्यार्थी राजनीतिमा पनि सक्रिय रहेका राजबहादुर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सचिव थिए । स्ववियु सचिव हुँदा माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरूसँग उनको विवाद बढेको थियो ।
गाउँमा आफूसँगै ६-७ कक्षा पढेर माओवादी बनेकाहरू एकाएक भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर उच्च शिक्षाका लागि भर्ना भएपको भन्दै राजबहादुरले त्यसको विरोध गरेको बुवा नन्दबहादुर बताउँछन् । ‘त्यही विवादले नै मेरो छोराको ज्यान लियो । नत्र बाटोमा हिँड्दै गरेको एउटा केटालाई खुकुरीले हानेर मार्नुपर्ने त्यस्तो के अपराध गरेको थियो र मेरो छोराले ?’ नन्दबहादुर प्रश्न गर्छन् ।राजबहादुरको २०६५ फागुन २६ गते बेलुका बेलुका ८ बजेतिर सुर्खेत बसपार्कमा खाना खाएर कोठातर्फ जाँदै गर्दा बाटोमै आक्रमण भएको थियो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राजबहादुरको सुर्खेत वीरेन्द्रनगरको बुद्धपथस्थित देउती अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
नन्दबहादुरले छोराको हत्यामा अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहितका नेता-कार्यकर्ताहरूको संलग्नता देखिएको भन्दै १३ साउन २०७९ मा पूरक जाहेरी दिएका थिए । दैलेखका थप दुई जनाको भने पहिचान नखुलेकाले जाहेरीमा नाम नराखिएको उनी बताउँछन् ।हत्याको आरोपीहरुमध्येका एक वीरबहादुर मल्ल नन्दबहादुरकै छिमेकी हुन् । उनी पहिलो स्थानीय तहको निर्वाचनमा खाडाचक्र नगरपालिका-९ बाट वडाध्यक्षका उम्मेदवार बनेका थिए । ‘भेट भएका बेला वीरबहादुरले त्यो हत्यामा मेरो संलग्नता छैन भन्छ । देउताको कसम पनि खान्छ,’ नन्दबहादुरले भने, ‘मुखले भनेर त भएन, जे गर्छ अब कानुनले गर्छ ।’
छोराको हत्याको खबर पाउँदा पनि नन्दबहादुर सुर्खेत आउन पाएका थिएनन् । किनकीछोराको मृत्युको खबर सुनेर आमा गोरीकलाले होस गुमाएकी थिइन् । श्रीमती स्याहारेर बस्न परेपछि उनले आफ्नो कान्छो भाइ नवराजलाई सुर्खेत पठाए । ‘नवराजले नै सुरुको जाहेरी दिएको थियो । त्यसपछि पोस्टमार्टम भएर शव कालीकोट पुर्याइएको थियो’ उनले भने ।यो १५ वर्षको अन्तरालमा नन्दबहादुर न्यायको खोजीमा कालीकोटबाट धेरै पटक सुर्खेत धाए, प्रहरी र अदालतको ढोका ढकढक्याए । तर न्याय पाएनन् । अहिले फेरि अदालतबाट पक्राउ पुर्जी जारी भएपछि न्यायको आश जागेको उनी बताउँछन् ।‘मेरो छोरालाई मार्नेहरु मेरै गाउँ-ठाउँका हुन् । कोही टीभीमा देखिन्छन्, कोही बाटामा भेटिन्छन् । सरकार नै अपराधीको संरक्षक बनेपछि हाम्रो त के लाग्छ र ?’ नन्दबहादुर भन्छन्, ‘उनीहरू शक्तिकै आडमा पक्राउ परेका थिएनन् । अहिले अदालतले पक्राउ पुर्जी जारी गरेको छ । अब छोराले न्याय पाउँछ कि भन्ने आश जागेको छ ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया