
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
पर्वत । हतियार बिसाएर शान्ति प्रक्रियामा आएको नेकपा माओवादीको पक्षमा पहिलो संविधानसभा निर्वाचन २०६४ मा देशभर उभार थियो । युद्धमा मुश्किलले आफू बाँचेर श्रीमान गुमाएकी मनरुपा शर्मा (विमला) पनि पर्वतबाट चुनावमा उम्मेदवार बनेकी थिइन् ।मनरुपाले भने नतिजा आफ्नो पक्षमा पार्न सकिनन् । नेपाली कांग्रेसका नेता अर्जुन जोशीसँग हार्न पुगिन् । ‘देशभर पार्टीको माहोल बन्दा पनि पर्वतमा हामीले जित्न सकेनौं । करिब १२०० मतान्तरले मैले हार ब्यहोर्न पुगें,’ विमलाले १६ वर्षअघिको त्यो चुनाव सम्झिइन्, ‘त्यसयता पनि मैले हार मानिनँ । पार्टीले पनि सधैं सम्झिरह्यो ।’
माओवादीमा उनको नाम कहिले संघ त कहिले प्रदेशमा समानुपातिक निर्वाचन पद्धतिको बन्द सूचीमा सिफारिस भयो, तर उनी परिनन् । २०६४ मा पर्वत–१ मा प्रत्यक्ष चुनावमा पराजय भोगेकी मनरुपा २०७० को दोस्रो संविधान सभाको चुनावमा समानुपातिक बन्द सूचीमा थिइन् । २०७४ मा गण्डकी प्रदेश सभातिर बन्द सूचीमा परेकी थिइन् ।
अघिल्लो सालको निर्वाचनमा फेरि माओवादीले प्रतिनिधि सभाको समानुपातिक सूचीमा नाम पठाएको थियो । पाँचौ पटकमा मनरुपा उपल्लो सदन राष्ट्रिय सभा छिर्ने दाउमा छिन् ।११ माघमा हुने राष्ट्रिय सभा चुनावमा ६ जना उम्मेदवार उठाउन लागेको माओवादीले गण्डकीमा मनरुपालाई अघि सारेको छ । अब उनले सोमबार गण्डकी प्रदेशबाट महिला क्लस्टरमा राष्ट्रियसभा सदस्य चुनावका लागि उम्मेदवारी दर्ता गर्नेछिन् ।
सत्ता गठबन्धनमा रहेका दलहरु मिलेर चुनावमा जाने भएकाले अंकगणित उनकै पक्षमा छ । ‘राजनीति गर्नेले पर्खिन सक्नुपर्छ भन्छन्, हो रहेछ । चुनाव हारें भनेर बसेको भए वा निराश भएको भए मैले पालो पाउँदिनथें’ मनरुपाले भनिन्, ‘म त अनवरत पार्टीकै काममा लागिरहेँ । अहिले त राष्ट्रिय सभामा छिर्ने पक्काजस्तै छ ।’
अहिले सत्ता गठबन्धन दलबाट गण्डकीमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको उपस्थिति छ । यसरी मिलेर राष्ट्रिय सभाको चुनावमा मतदान हुँदा नेपाली कांग्रेसको २ हजार ७०४, नेकपा माओवादीको ९९४, एकीकृत समाजवादीको ७२ र राष्ट्रिय जनमोर्चाको ५७ गरी ३ हजार ८२७ मतभार गठबन्धनको पक्षमा आउने छ ।
एमाले र राप्रपा मिलेर चुनावमा जाँदा पनि गठबन्धनसामु निकै कम मतभार उसको हुने देखिएको छ । एमालेको २ हजार ४३९ र राप्रपाको १०६ जोड्दा उनीहरुको पक्षमा २ हजार ५४५ मतभार हुने छ । यसरी हेर्दा मनरुपाको गण्डकीबाट राष्ट्रिय सभा छिर्ने धोको पूरा हुने बाटोमा छ ।
श्रीमान गुमाएर आफू मुश्किलले बाँचेकी मनरुपा
मनरुपा १९ वर्षमा मात्र टेकेकी थिइन्, माओवादी सशत्र संघर्षमा होमिइन् । उनकै शब्दमा भन्दा समानता र अधिकार लडेरै खोस्ने जोस त्यतिबेला पैदा भएको थियो । कुश्मा नगरपालिका–१० सिमखेतकी मनरुपा युद्धमा होमिएकी हुन् ।उनी लडाकू थिइनन् तर लडाकूलाई ऊर्जा भर्ने र कलाकार टिमलाई सहयोग गर्दै उनी गाउँ–गाउँ पुग्थिन् । युद्धमा होमिइसकेपछि उनको जीवनमा आए पर्वत फलेवास मुडिकुवाका विजय सुवेदी (विकास) ।
विजय मनरुपाको हात माग्न आइपुगेका थिए । तर शर्त एउटै थियो, ‘युद्धमा सँगै होमिनुपर्छ ।’ ‘विवाह गरेलगत्तै बल्ल थाहा भयो हामी दुबै जना माओवादीकै पूर्णकालीन कार्यकर्ता रहेछौं’, मनरुपाले ती दिन सम्झिइन्, ‘तर, ३ वर्षमै मेरो जीवनमा बज्रपात प¥यो ।’ १७ मंसिर २०६१ का दिन स्याङ्जाको वालिङ सिर्सीकोट भन्ने ठाउँमा बास बसेर खाना खाने क्रममा सेनाले घेरा हाल्यो, ५ जना मारिए । त्यसमा मनरुपाका श्रीमान विजय सुवेदी पनि परे ।
‘सिर्सीकोटमा खाना खानेक्रममा स्याङ्जाकी कुबिजा पराजुली, पर्वतका खड्क कुँवर, मोहन गाहामगर, कृष्ण गौतम र कमरेड विजय सुवेदीलाई शाही नेपाली सेनाले हत्या गरेको खबर आयो’, मनरुपाले भनिन्, ‘म त्यतिबेला संगठन निर्माणको क्रममा गाउँमै थिएँ ।’
‘कमरेड विजय’ गुमाउँदा पीडा भुलेर परिवर्तनको सपना बोकेर हिँडेकी मनरुपाको २०६२ सालको सुरुआततिरै स्याङ्जाको मग्याम चिसापानीमा नेपाली सेनासँग जम्काभेट भयो ।सेनाले उनीसँगै रहेकी ‘कमला’ लाई माओवादीको शंकामा समाइहाल्यो । मनरुपा भने गाउँलेजस्तो गरी लुसुक्क हिँडिन् । ‘सेनाले उनलाई मारिहालेछ । म बालबाल फुत्किन सफल भएँ’, मनरुपाले सुनाइन्, ‘त्योभन्दा अघि बेनी भिडन्तमा पनि लडाकुलाई ऊर्जा भर्न खटिएकी थिएँ ।’
मनरुपाले पार्टी संगठन निर्माणकै सिलसिलामा पर्वत, स्याङ्जा, गुल्मी, कास्कीलगायतका ठाउँमा काम गरिन् । अहिले उनी माओवादी गण्डकी प्रदेश सचिवालय सदस्य छिन् । सत्ता गठबन्धनबाट चुनावमा जाँदा जित पक्काजस्तै भएकाले राष्ट्रिय सभामा छिरेपछि महिला, दलितका पक्षमा समानताका पक्षमा काम गर्ने बताइन् ।‘परिवर्तन भनेर लड्यौं, तर अझै दलितले अधिकार पाएकै छैनन्, महिलाले अझै परिवर्तनको महसुस गर्न पाएकै छैनन्’, मनरुपाले भनिन्, ‘राष्ट्रिय सभा छिरँे भने न्यायका लागि बोल्छु । युद्धमा धेरै गुमाएर पनि बचाएको आशा हो, त्यसको सदुपयोग गर्छु ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया