
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत ।म नारायण भुसाल । मेरो घर पैयूं-५, पर्वत हो । मेरो समूह इजरायल आइपुगेको झण्डै एक महिना भयो । हामी सबै यहाँ नयाँ पनि छौं । परिवेश नयाँ छ ।हामी आउनुअघि यहाँ त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरू आएका थिए । यो ठाउँ सीमा क्षेत्रमा पर्छ । यहाँबाट दुई किलोमिटर आसपासमा इजरायलको सीमा सकिन्छ । यहाँ जोखिम रहेपछि ११ महिनाको सम्झौता सकिने बेला त्रिविले यहाँको सम्झौता तोडेर अन्यत्र विद्यार्थी लगेको रहेछ । त्रिविले आफ्ना विद्यार्थीलाई सुरक्षित स्थानमा लगेको देखिन्छ ।
खोइ, हाम्रो सुदूरपश्चिम विश्वविद्यालयले किबुज फर्मसँग यो असुरक्षित ठाउँमा किन सम्झौता गर्यो ? हामीलाई थाहा भएन । हामीलाई यसबारे न सरकारले केही भन्यो, न विश्वविद्यालयले न हामी पढ्ने टीकापुर मल्टिपल क्याम्पसले नै । युद्धग्रस्त क्षेत्रमा हामीलाई किन ल्याइयो ? विश्वविद्यालय र सरकारले जवाफ दिनुपर्ला ।
इजरायलमा आक्रमण सुरु भएपछि हामी असुरक्षित छौं । हामी बङ्करमा बसेको दुई दिनभन्दा बढी भइसक्यो । नेपालबाट ल्याएको दालमोठ लगायतका खानेकुरा खाएर बसिरहेका छौं ।यहाँनेर सरकार र विश्वविद्यालय चुकेको देखिन्छ । किनकि अरु फार्महरूमा यस्तो समस्या छैन । किबुजमा रहेका १७ जना साथीहरूमध्ये सबैलाई चोट लागेको छ । १० जनाको त मृत्यु नै भयो । एक जना बेपत्ता छन् । ३/४ जना साथीहरू गम्भीर घाइते छन् ।
किबुजमा हाम्रो युनिभर्सिटीबाट ४९ जना नेपाली विद्यार्थी आएका थियौं । विश्वविद्यालयले हामीलाई ५ वटा समूहमा विभाजन गरेर छुट्टाछुट्टै ठाउँमा राखेको थियो ।हामी अहिले च्याउ फार्ममा छौं । हामी ११ जना छौं । एकदमै त्रसित छौं । किबुज फार्ममा भएका मेरा साथीहरू १० जनाले ज्यान गुमाइसकेका छन् । ३/४ जना घाइते छन् । सँगै पढेको, एउटै विमानमा आएको साथीहरू मृत्यु भएको, कतिपय घाइते भएको अवस्था छ । त्यो खबरले हामी त्रसित र मर्माहत छौं ।युद्ध चलिरहेको छ । हामी बाँचेका जतिलाई सुरक्षित ठाउँमा एकै ठाउँमा गएर बस्न पाए हुन्थ्यो भन्ने हाम्रो चाहना छ । हाम्रो सरकारसँग यही माग छ ।
हामीले उद्धारका लागि गैरआवासीय नेपाली संघ र नेपाली राजदूतावाससँग सम्पर्क गरिरहेका छौं । तर काममा कुनै प्रगति भएको छैन । हामी पानी जुटाएर, नेपालबाट ल्याएको दालमोठ लगायतका खानेकुरा खाएर बाँचिरहेका छौं । खानेकुरा मुख्य होइन । केही दिन नखाएरै बाँच्न सकिन्छ । अहिलेको मुख्य विषय सुरक्षाको हो । हामी अत्यन्तै आतंकित छौं ।
हामी सबै साथीहरू सुरक्षित ठाउँमा जान चाहन्छौं । एक ठाउँमा जम्मा हुन चाहन्छौं । कम्तीमा बँचेका साथीहरू एक ठाउँमा बस्न पाऔं । यति भए हामीले मानसिक रूपमा सुरक्षित महसुस गर्ने थियौं । यत्ति व्यवस्था होस् । हामीलाई यो अवस्थामा बाँच्न एकदम गाह्रो भइरहेको छ ।
सरकारी टोली कोही आइपुगेको छैन । एनआरएनएका नेताहरूसँग पनि सम्पर्क भइरहेको छ । दूतावासका अधिकारीहरूसँग पनि । तर कोही आइपुग्नुभएको छैन । सूचना र हाम्रो लोकेशन सबैलाई थाहा छ ।
उद्धार गर्न सक्ने अवस्था छैन भनौं भने भारतका टिकटकरदेखि थाइल्याण्डका नागरिकसम्मको यहीं आसपासबाट उद्धार भइसकेको खबर आइरहेको छ । उहाँहरूको उद्धार भएको किबुजबाटै हो जहाँ हाम्रा १० जना साथीहरू मारिएका छन् र केही घाइते छन् । त्यहाँबाट हामी रहेको फार्म ४०-४५ किलोमिटर टाढा छ । हामीलाई उद्धार गर्न किन गाह्रो भएको होला ?
दूतावासका मानिसहरू भन्नुहुन्छ, ‘तपाईंहरू बङ्करमै बस्नुस् । त्यहीं सुरक्षित हुनुहुन्छ । यहाँका सेनाले हामीलाई त्यहाँ जान दिएका छैनन् । हामी जान पाएका छैनौं ।’तर हामीले कसरी विश्वास गर्ने ? अरुको उद्धार हुँदा हाम्रो किन हुनसक्दैन । किबुजभन्दा हामी केही टाढा पनि छौं । जबकि हाम्रा साथीहरू मारिएका ठाउँबाट अरूको उद्धार भइरहेको छ ।
हामी सरकारसँग बिन्ती गर्न चाहन्छौं, हाम्रो उद्धार होस् । हामीलाई सुरक्षित ठाउँमा लगियोस् । हाम्रा सबै साथीहरू सँगै बस्न पाऊँ । हामीलाई अहिले भर्खर नेपाल पठाइिदनुस् भनेका होइनौं । कम्तीमा सुरक्षित ठाउँमा लगियोस् ।तेलअविव सुरक्षित छ भन्ने सुनेका छौं । त्यहाँ एनआरएनका साथीहरू पनि हुनुहुन्छ । त्यहाँ सबै साथीहरूलाई लगेर राखिदिए कम्तीमा हामी मानसिक रूपमा सुरक्षित हुन्थ्यौं ।
हामी नेपालीहरू यति धेरै अप्ठ्यारोमा रहेको बेला, हाम्रा साथीहरू मारिएको वेला, कतिपय साथीहरू घाइते भएको वेला, मेरो सरकार छ, मेरो अभिभावक छ भन्ने महसुस गर्न पाइयोस् । हाम्रो उद्धार होस्


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया