
१महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
४चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
६संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
७जलजलामा १४९ सुत्केरीलाई घ्यू र अण्डा, संस्थागत प्रसूति प्रोत्साहन गर्न पोषण कार्यक्रम प्रभावकारी
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९महाशिला गाउँपालिकाको स्थापना दिवस मनाइयो, उत्कृष्ट कर्मचारी र कृषक सम्मानित
१०पैयूँ गाउँपालिकाको पहिलो चिल्ड्रेन पार्क : बालबालिकाको खुसी र भविष्यकाको पाइला
११मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
१२खुर्कोटमा मन्दिर–सडक जग्गा विवाद टुंगियो, सहमतिमै सडक निर्माण अघि बढ्यो
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
६पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
७महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
८सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
९पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
१०जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
११रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
१२विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
पर्वत ।म नारायण भुसाल । मेरो घर पैयूं-५, पर्वत हो । मेरो समूह इजरायल आइपुगेको झण्डै एक महिना भयो । हामी सबै यहाँ नयाँ पनि छौं । परिवेश नयाँ छ ।हामी आउनुअघि यहाँ त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरू आएका थिए । यो ठाउँ सीमा क्षेत्रमा पर्छ । यहाँबाट दुई किलोमिटर आसपासमा इजरायलको सीमा सकिन्छ । यहाँ जोखिम रहेपछि ११ महिनाको सम्झौता सकिने बेला त्रिविले यहाँको सम्झौता तोडेर अन्यत्र विद्यार्थी लगेको रहेछ । त्रिविले आफ्ना विद्यार्थीलाई सुरक्षित स्थानमा लगेको देखिन्छ ।
खोइ, हाम्रो सुदूरपश्चिम विश्वविद्यालयले किबुज फर्मसँग यो असुरक्षित ठाउँमा किन सम्झौता गर्यो ? हामीलाई थाहा भएन । हामीलाई यसबारे न सरकारले केही भन्यो, न विश्वविद्यालयले न हामी पढ्ने टीकापुर मल्टिपल क्याम्पसले नै । युद्धग्रस्त क्षेत्रमा हामीलाई किन ल्याइयो ? विश्वविद्यालय र सरकारले जवाफ दिनुपर्ला ।
इजरायलमा आक्रमण सुरु भएपछि हामी असुरक्षित छौं । हामी बङ्करमा बसेको दुई दिनभन्दा बढी भइसक्यो । नेपालबाट ल्याएको दालमोठ लगायतका खानेकुरा खाएर बसिरहेका छौं ।यहाँनेर सरकार र विश्वविद्यालय चुकेको देखिन्छ । किनकि अरु फार्महरूमा यस्तो समस्या छैन । किबुजमा रहेका १७ जना साथीहरूमध्ये सबैलाई चोट लागेको छ । १० जनाको त मृत्यु नै भयो । एक जना बेपत्ता छन् । ३/४ जना साथीहरू गम्भीर घाइते छन् ।
किबुजमा हाम्रो युनिभर्सिटीबाट ४९ जना नेपाली विद्यार्थी आएका थियौं । विश्वविद्यालयले हामीलाई ५ वटा समूहमा विभाजन गरेर छुट्टाछुट्टै ठाउँमा राखेको थियो ।हामी अहिले च्याउ फार्ममा छौं । हामी ११ जना छौं । एकदमै त्रसित छौं । किबुज फार्ममा भएका मेरा साथीहरू १० जनाले ज्यान गुमाइसकेका छन् । ३/४ जना घाइते छन् । सँगै पढेको, एउटै विमानमा आएको साथीहरू मृत्यु भएको, कतिपय घाइते भएको अवस्था छ । त्यो खबरले हामी त्रसित र मर्माहत छौं ।युद्ध चलिरहेको छ । हामी बाँचेका जतिलाई सुरक्षित ठाउँमा एकै ठाउँमा गएर बस्न पाए हुन्थ्यो भन्ने हाम्रो चाहना छ । हाम्रो सरकारसँग यही माग छ ।
हामीले उद्धारका लागि गैरआवासीय नेपाली संघ र नेपाली राजदूतावाससँग सम्पर्क गरिरहेका छौं । तर काममा कुनै प्रगति भएको छैन । हामी पानी जुटाएर, नेपालबाट ल्याएको दालमोठ लगायतका खानेकुरा खाएर बाँचिरहेका छौं । खानेकुरा मुख्य होइन । केही दिन नखाएरै बाँच्न सकिन्छ । अहिलेको मुख्य विषय सुरक्षाको हो । हामी अत्यन्तै आतंकित छौं ।
हामी सबै साथीहरू सुरक्षित ठाउँमा जान चाहन्छौं । एक ठाउँमा जम्मा हुन चाहन्छौं । कम्तीमा बँचेका साथीहरू एक ठाउँमा बस्न पाऔं । यति भए हामीले मानसिक रूपमा सुरक्षित महसुस गर्ने थियौं । यत्ति व्यवस्था होस् । हामीलाई यो अवस्थामा बाँच्न एकदम गाह्रो भइरहेको छ ।
सरकारी टोली कोही आइपुगेको छैन । एनआरएनएका नेताहरूसँग पनि सम्पर्क भइरहेको छ । दूतावासका अधिकारीहरूसँग पनि । तर कोही आइपुग्नुभएको छैन । सूचना र हाम्रो लोकेशन सबैलाई थाहा छ ।
उद्धार गर्न सक्ने अवस्था छैन भनौं भने भारतका टिकटकरदेखि थाइल्याण्डका नागरिकसम्मको यहीं आसपासबाट उद्धार भइसकेको खबर आइरहेको छ । उहाँहरूको उद्धार भएको किबुजबाटै हो जहाँ हाम्रा १० जना साथीहरू मारिएका छन् र केही घाइते छन् । त्यहाँबाट हामी रहेको फार्म ४०-४५ किलोमिटर टाढा छ । हामीलाई उद्धार गर्न किन गाह्रो भएको होला ?
दूतावासका मानिसहरू भन्नुहुन्छ, ‘तपाईंहरू बङ्करमै बस्नुस् । त्यहीं सुरक्षित हुनुहुन्छ । यहाँका सेनाले हामीलाई त्यहाँ जान दिएका छैनन् । हामी जान पाएका छैनौं ।’तर हामीले कसरी विश्वास गर्ने ? अरुको उद्धार हुँदा हाम्रो किन हुनसक्दैन । किबुजभन्दा हामी केही टाढा पनि छौं । जबकि हाम्रा साथीहरू मारिएका ठाउँबाट अरूको उद्धार भइरहेको छ ।
हामी सरकारसँग बिन्ती गर्न चाहन्छौं, हाम्रो उद्धार होस् । हामीलाई सुरक्षित ठाउँमा लगियोस् । हाम्रा सबै साथीहरू सँगै बस्न पाऊँ । हामीलाई अहिले भर्खर नेपाल पठाइिदनुस् भनेका होइनौं । कम्तीमा सुरक्षित ठाउँमा लगियोस् ।तेलअविव सुरक्षित छ भन्ने सुनेका छौं । त्यहाँ एनआरएनका साथीहरू पनि हुनुहुन्छ । त्यहाँ सबै साथीहरूलाई लगेर राखिदिए कम्तीमा हामी मानसिक रूपमा सुरक्षित हुन्थ्यौं ।
हामी नेपालीहरू यति धेरै अप्ठ्यारोमा रहेको बेला, हाम्रा साथीहरू मारिएको वेला, कतिपय साथीहरू घाइते भएको वेला, मेरो सरकार छ, मेरो अभिभावक छ भन्ने महसुस गर्न पाइयोस् । हाम्रो उद्धार होस्


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा

प्रतिक्रिया