
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले सर्वोच्च अदालतमा दिएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनबारे सर्वोच्च अदालतले मागेको जवाफमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई छाड्दा मुद्दा प्रभावित हुने जिकिर गरेको छ ।
ब्यूरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा गुरुङ प्रभावशाली व्यक्ति भएकाले थुनामा नराखी अनुसन्धान गर्दा साक्षी तथा जाहेरवालालाई प्रभावमा पार्नसक्ने भनिएको छ ।
.सबुत प्रमाण नष्ट गर्न सक्ने, अन्य प्रतिवादीहरुलाई भाग्न मद्दत गर्न सक्ने प्रबल सम्भावना देखिएको, निजलाई थुनामा नराखी अनुसन्धान गर्दा पुरै अनुसन्धान प्रभावित भइ तथ्यतरक अनुसन्धान गर्न र अपराधको सञ्जाल पहिचान तथा तहकिकातमा कठिनाइ हुने अवस्था देखिएको..’, बज्राचार्यले दिएको जवाफमा भनिएको छ, ‘निज प्रतिवादीको अख्तियार प्राप्त अधिकारसमक्ष बयान गराउने कार्य बाँकी नै रहेको हुँदा निजलाई थुनामा नै राखी मुद्दाको अनुसन्धान गर्नुपर्ने विद्यमानता रहेको ।’
सरकारी लिखत तथा कागजात कीर्ते गरेर बालुवाटारस्थित ललितानिवासको जग्गा हडपेको आरोपमा प्रहरीले गुरुङलाई १२ असारमा उनको निवासबाट पक्राउ गरेको थियो । उनीसँगै ७ जनालाई पक्राउ गरिएपनि पक्राउ परेकामध्ये ३ जनाले पहिल्यै सर्वोच्च अदालतबाट निषेधाज्ञाको आदेश लिएको पाइएपछि उनीहरुलाई ब्यूरोले छाडेको थियो ।त्यसपछि गुरुङले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिएका थिए ।
निवेदनको सुनुवाइका क्रममा अदालतले मागेको जवाफमा एआईजी बज्राचार्यले भनेकी छन्, ‘यस ब्यूरोमा दर्ता भएको उक्त मुद्दा वारदात हुँदा प्रचलित साबिक मुलुकी ऐन, २०२० को कीर्ते कागजातको महलको १८ नं. र केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायेजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९ को उपदफा २ (ङ) बमोजिमको हदम्याद अनुसन्धान अनुसन्धान भइ अभियोजन हुने मुद्दा हो ।’
रिट निवेदनले उल्लेख गरेको सर्वोच्च अदालतको उत्पे्रषण परमादेश र प्रतिषेधसमेतको मुद्दामा पक्राउ नगर्नु भनिएका १७ जनाभित्र गुरुङ नपर्ने समेत बज्राचार्यले भनेकी छन् ।
आवश्यक कानूनी कार्यविधिको पालना गरेर थुनामा राखेर अनुसन्धान जारी राखिएकाले गुरुङले बदनियत साथ थुनामा राखेको भन्दै गरेको जिकिर बेमनासिब र फजुल भएको सीआईबीले भनेको छ । ‘…आफू संलग्न रहेको कसूरबाट बच्न भिन्न विषय र प्रसंग उठान गरी दायर गरेको रिट निवेदन बदरभागी छ, खारेज गरी फुर्सद दिलाई पाऊ, लिखित जवाफमा भनिएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया