
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पोखरा । गण्डकीमा केन्द्रको निर्णय पर्खिएर बसेको माओवादी संसदीय दललाई अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् । प्रचण्डको निर्देशनपछि बिहीबार नै बैठक बसेर निर्णय गर्ने तयारी गरेको माओवादी संसदीय दलले सांसदहरु पोखरा बाहिर भएकाले शुक्रबार बैठक बोलाएको छ । एमाले लगायतका दलको समर्थनमा पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले राष्ट्रपति कांग्रेसलाई दिएर सत्ता समीकरण फेरेपछि सोमबार दोस्रो पटक विश्वासको मत लिएसँगै प्रदेश सरकारको पनि पुनर्गठनको कसरत भएको हो ।
चुनावकै बेला मुख्यमन्त्री बनाउने वचन दिएका नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्न केन्द्रमा शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । माओवादी भने अहिले एमालेका खगराज अधिकारी नेतृत्वको सरकारमा २ मन्त्रीसहित सहभागी छ । अघिल्लो सरकारकै पालादेखि मुख्यमन्त्रीको दाबी गरिरहेका हरिबहादुर चुमानले यसपटक माओवादीले नेतृत्व पाउनुपर्ने बताउँदै नयाँ सरकार गठनको प्रक्रियाका निम्ति केन्द्रको निर्देशन कुरिरहेको बताएका थिए ।
चुमानले सरकारबारे टुंगो लगाउन केन्द्रको निर्देशन आएसँगै बैठक डाकिएको जानकारी दिए । ‘दलको बैठक बस्नुस् भनेर केन्द्रबाटा निर्देशन आएको छ,’ चुमानले भने, ‘साथीहरु बाहिर रहेछन्, धेरैजसो नत्र आजै बैठक बस्थ्यौं । त्यसैले शुक्रबारका लागि बैठक बोलाइएको छ ।’ शुक्रबार बस्ने बैठकले खगराज अधिकारी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिँदै राजीनामा दिनेबारे छलफल गर्ने छ । ‘मुख्यमन्त्रीबारे केन्द्रले प्याकेजमै निर्णय गर्ला, त्योभन्दा अघि माओवादीले सरकारबाट समर्थन फिर्ता लिएर २ मन्त्रीले राजीनामा लिने कुरा छ,’ माओवादीका एक सांसदले भने, ‘अबको मुख्यमन्त्रीका प्रावधानबारे पनि केही दुविधा पनि छन् ।’ कांग्रेस नेतृत्वमा सरकार बनाएर मुख्यमन्त्री बन्ने योजनामा रहेका सुरेन्द्रराजले पाण्डेले माओवादीले समर्थन फिर्ता लिएसँगै नयाँ सरकार गठनको प्रदेशमा पनि छलफल र तयारी अगाडि बढ्ने बताएका छन् । माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री खगराज अधिकारीले १ महिनाभित्र संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने हुन्छ ।
गोरखामा मंगलबार आफ्नै निर्वाचन क्षेत्रको सडक शिलान्यासको क्रममा प्रचण्डले सबै प्रदेशमा आलोपालो प्रणालीबाट सरकार बन्ने बताएका थिए । एमालेबाट खगराजलाई पूरै कार्यकालका लागि मुख्यमन्त्री दिइएको केन्द्रले बताउँदा पनि गण्डकीका चुमानले भने आलोपालो नै हुने बताउँदै आएका थिए । गोरखामा प्रचण्डले आलोपालो भनेपछि पछाडिभन्दा अघिल्लो पटक नै मुख्यमन्त्री हुन चुमान लालायित छन् । तर, पाण्डेले भने चुमानले दाबी गर्नु स्वभाविक रहे पनि गण्डकीमा पहिले कांग्रेस नेतृत्वमै सरकार बन्ने बताएका छन् ।
२७ सिटसहित गण्डकीमा कांग्रेस सबैभन्दा ठूलो दल छ । २२ सिटसहित एमाले दोस्रो, ८ सिटसहित माओवादी तेस्रो र त्यसपछि २ सिट जितेको राप्रपा छ । मनाङबाट सर्वसम्मत स्वतन्त्र सांसद बनेका राजीव गुरुङ (दीपक मनाङे) प्रवेश गरेपछि नेकपा एकीकृत समाजवादीको पनि गण्डकीमा प्रतिनिधित्व छ । ६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा सरकार बनाउन कांग्रेस–माओवादीको सहज बहुमत पुग्छ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया