
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
२०२८ सालको माघ १७ गते धादिङबाट पोको पुन्तरो बोकेर चितवन आइपुगेपछि वीरबहादुर घलेले राजा महेन्द्रको निधन भएको थाहा पाए। तत्कालिन राजा महेन्द्रको सोही दिन चितवनको दियालो बंगला दरबारमा निधन भएको थियो। बंगलाबाट नजिकै रहेका वीरबहादुरले गाउँतिरको हल्लाखल्लाबाट राजाको बारेमा थाहा पाएका थिए।
उनी बावुसँग धादिङ छाडेर आएका थिए। त्यसदिनदेखि उनको परिवार भरतपुरमै छ। पहिले अल्ली पर बसेको उनको परिवार २०४७ सालदेखि दियालो बंगला नजिकै आँपटारीमा सानो घर बनाएर बसेको छ।
सामान्यरुपमा दिन बिताउँदै आएका वीरबहादुरका लागि बुधबार भने नसोचेको कुरा भयो। उनले टिभीमा मात्रै देखेका नेता पुष्पकमल दाहाल‘प्रचण्ड’ उनको आगनमै आइपुगे। केही दिनदेखि गाईंगुईं सुनेपनि उनलाई विश्वास लागेको थिएन। घरै अगाडिको सडकमा टेण्ड
आफ्नै घरमा बसेर माओवादी अध्यक्ष पुष्पकमल दाहालको भाषण सुन्दै वीरबहादुर घले। तस्बिर : राजेश घिमिरे
टाँगेर बनाइएको मञ्चमा प्रचण्ड आइपुगेको देख्दा उनी दंगै परे।
भरतपुर महानगरपालिकाको वडा नम्बर २ मा पर्ने आँपटारीमा पुरानो सुकुम्बासी बस्ती छ। यो बस्ती पुगेर प्रचण्डले ४७ जना भूमिहीन दलितहरुलाई जग्गा धनीको पुर्जा वितरण गरे। राष्ट्रिय भूमि आयोगले नापी गरेपछि पहिलो चरणमा यहाँका ती दलित परिवारलाई लालपुर्जा दिइएको थियो।
वीरबहादुर जस्ता सयौं सुकुम्बासीहरु यहाँ करिब ३ दशकदेखि बसोबास गर्दै आएका छन्। यो अवधिमा राजनीतिक दलहरुले यो बस्तीलाई ‘भोट बैंक’ बनाइराखे। तैपनी उनीहरुले राजनीतिक दलहरुलाई विश्वास गर्न छाडेका छैनन्। उनीहरु जसले लालपुर्जा बनाइदिने आश्वासन दिन्छ उसैलाई भोट हाल्ने गर्छन्।
‘लालपुर्जाको आशामा राप्रपा, एमाले र माओवादीलाई भोट हालिसकें तर अहिलेसम्म हात परेको छैन,’ आफ्नै घरको दैलोमा बसेर नेताहरूको भाषण ध्यान दिएर सुनेका वीरबहादुरले भने, ‘यस पटक नापी गरेर निस्सासम्म दिएका छन्। सँगै निस्सा पाएका दलितले लालपुर्जा पाए, हाम्रो के हुने हो थाहा छैन। भाषण त राम्रै लाग्यो।’
वीरबहादुरको घर नजिकै ३१ वर्षदेखि बस्दै आएका गोबिन्दप्रसाद घिमिरे ४५ वर्षका भए। उनले लालपुर्जा कस्तो हुन्छ पनि देखेका छैनन्।
‘चुनावको मुखमा केही मान्छेलाई लालपुर्जा बाँडियो। चुनाव सकिएपछि बिर्सिने र हामीले नपाउने हो कि भन्ने चिन्ता छ,’ उनले भने।
लालपुर्जा त पाइयो, राख्ने कहाँ ?
लालपुर्जा हात पारेपछि ७४ वर्षे जसीकला विकको खुसीको सीमा छैन। चुनावको बेलामा दुई हात जोड्दै आउने नेताहरुले जसीकलालाई लालपुर्जा दिलाइदिने आश्वासन दिन कहिल्यै छुटाएनन्। कहिले नेतालाई माला लगाएर पठाइन्, कहिले चुनाव चिन्न अंकित टिसर्ट लगाएर र्यालीमा पुगिन्। तर पनि उनले जीवनको अधिकांश समय सुकुम्बासी भएकै कारण अपमानित भएरै बिताइन्।
‘सुकुम्बासी भनेर धेरैले हेलाँ गरे। डोजर लगाएर घर भत्काइदिन्छन् भनेर तर्साउँथे। दुई, चार हजार रुपैयाँ ऋण पनि कसैले पत्याएनन्। बिरामी पर्दा भोकै बस्नुपर्ने अवस्था पनि आए,’ उनले भनिन्, ‘लालपुर्जा पाएपछि त अब हेप्दैनन् होला नि?’
जीवनको उत्तरार्धमा लालपुर्जाको धनी बनेकी जसीकलाले अब बाचुञ्जेल मेरै जमिनमा छु भनेर ढुक्कले निदाउन पाइने बताइन्।
‘यसपाली पनि के हो, के हो भन्ने थियो। धन्न पाइयो,’ उनले भनिन्, ‘जसले दियो त्यसैलाई भोट हाल्ने हो। जुन पार्टीले जिते पनि यो लालपुर्जा र पाइराखेको भत्ता हरिन्न होला नि।’
सानो एक कोठे घरमा बस्दै आएकी जसीकलालाई अब यो लालपुर्जाको सुरक्षा गर्ने चिन्ता छ। उनले भनिन्–‘घर यस्तो छ, जतन गरेर राख्ने ठाउँ पनि छैन। आफन्तलाई जतनले राख्न दिनुपर्ला नि।’
घोचा गाडेर बस्दा पनि उखेलेर लखेटे
५५ वर्षीया पूर्णमाया दर्जी सानैमा चितवन आइपुगेकी थिइन्। सुकुम्बासी बनेर आँपटारीमा बस्दा उनले झेल्नुसम्मका दुःख झेलिन्।
‘बस्ने ठाउँ कतै नभएपनि घोचा गाडेर, स्याउलाले बारेर बसियो, तैपनि उखेलेर लखेटे,’ बुधबार लालपुर्जा हात पारेकी उनले भनिन्, ‘नेताहरु आएर धेरै आश्वासन बाँडे तर सधैं निरास मात्रै बनाए। वर्षौंपछि बल्ल सपना पुरा भएको छ। अब त दुःख कम होला कि।’
५९ वर्षीया चेलीमाया विश्वकर्माले पनि ६ महिनाभित्रमा लालपुर्जा दिन्छौं भनेर भोट माग्ने धेरै नेतालाई विश्वास गरिन्। तर जितेर गएपछि उनीहरु फर्केर आएनन्।
‘टंटलापुर घाममा लाइन लागेर भोट हालियो तर हामीलाई प्रयोगमात्रै गरे, सम्झिएनन्,’ उनले भनिन्, ‘अहिले लालपुर्जा पाउँदा त नसोचेको कुरा भयो झैं लागेको छ।’
भूमिहिन दलितलाई लालपुर्जा बाँड्न लागिएको थाहा पाएपछि ७० वर्षे सार्की कामी पनि लौरी टेकेर पुगेका थिए। तर आफ्नो नाम नदेखेपछि उनी निरास बनेर फर्किए।
‘चुनावपछि दिने भनेका छन्, अब आशा गर्ने त हो,’ उनले भने, ‘यतिका वर्ष पनि त आशैमा बिताएका हौं।’
भूमिहीनलाई भूमिपति बनाइन्छ–प्रचण्ड
भरतपुर महानगरपालिका भित्र भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको संख्या १० हजार ७ सय ७७ जना रहेको तथ्यांक छ। राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्रिप्रसाद तिमिल्सिनाले महानगर तथा अन्य स्थानीय तहहरुमा अहिले जग्गाको नापी गर्ने र निस्सा दिने काम भइरहेको बताए। उनीहरु सबैलाई प्रकृया पुरा गरेर जग्गा धनीको पुर्जा वितरण गरिने उनले बताए।
आयोगले दिएको जग्गा धनीको पुर्जा कम्तिमा १० वर्ष बिक्री वितरण गर्न नपाउनेगरी दिइएको छ।
भूमिहिन दलितहरूलाई जग्गा धनीको पूर्जा वितरण गर्दै प्रचण्डले ३६ सालमा भूमिहिनहरूको समस्यालाई उजागर गरेर आफूले क्रान्तिको सुरूवात गरेको बताएका थिए। उनले भूमिप्राप्तिको राष्ट्रिय अभियानलाई दू्रत गतिमा अगाडि बढाएर सम्पूर्ण भूमिहिनहरूलाई भूमिपती बनाउन सरकार र आयोगका पदाधिकारीहरूलाई आग्रह गरे।
भूमी व्यवस्था गरिबी निवारण तथा सहकारी मन्त्री शसी श्रेष्ठले भूमिहिन सुकुम्वासी, भूमिहिन दलित र अव्यवस्थित बसोवासीहरूलाई जग्गा धनी प्रमाण पूर्जा प्रदान गर्दै कोही भूमिहिन नछुटुन र कोही गैर भूमिपतीहरूले भूमिहिनको नाममा जग्गा नपाउन भन्नेमा आयोगका पदाधिकारी तथा कर्मचारीहरूलाई सजग गराइएको बताइन्।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले ५ बर्ष अघि निर्वाचनका बेला गरेको बाचा पुरा हुन थालेको बताइन्।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया