
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं । नेपालको इतिहासमै पहिलोपटक पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ । महिना दिन नपुग्दै फेरबदल हुँदै आएको पेट्रोलियम पदार्थको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेगरी अहिलेसम्मकै उच्च बिन्दुमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ।
हाल प्रतिलिटर पेट्रोलको मूल्य १४२, डिजल/मट्टीतेलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ र एलपी ग्याँसको मूल्य भने यथावत नै राखिएको छ ।
महिना दिन नपुग्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको नेपाल आयल निगमले भने अझैँ पनि सरकारी संस्था १५ दिनमा दुई अर्ब २३ करोड रुपैयाँ घाटामा रहेको विज्ञप्तिमार्फत भनेको छ ।
विज्ञप्तिमा २०७८/१०/०५ को मूल्यदरअुनसार भने १५ दिनमा २ अर्ब ६० करोड र महिना दिनको घाटा ५ अर्ब २० करोडले खाएर पेट्रोलियम पदार्थ बेचिरहेको भनिएको छ ।
निगमले मङ्गलवार राति १२ पछिको मूल्य समायोजनपछि पनि संस्थालाई पेट्रोलमा १३.२३ रुपैयाँ र डिजेलमा ११.१३ रुपैयाँ घाटा रहेको जनाएको छ ।
कुनमा कति घाटा
निगमले पेट्रोलमा १५ दिनमा प्रतिलिटर १३.२३ रुपैयाँले बेच्दा ४३ करोड घाटा, डिजेल प्रतिलिटर ११.१३ रुपैयाँले बेच्दा १५ दिनमा १ अर्ब १ करोड घाटा रहेको भनेको छ ।
यस्तै, मट्टितेल प्रतिलिटर रु १८.१२ (नाफा खाएर) बेच्दा १५ दिनमा २ करोड नाफा, हवाई इन्धन (आन्तरिकतर्फ) १०.५० ले बेच्दा १५ दिनको नाफा ३ करोड, हवाई इन्धन (बाह्यतर्फ) ३२.७२ ले नाफा खाएर बेच्दा १६ करोड नाफा, एलपी ग्याँस प्रति सिलिन्डर ५६०.९ रुपैयाँले बेच्दा १५ दिनमा १ अर्ब घाटा खानुपरेको विज्ञप्तिमार्फत भनेको छ ।
यहीँ अवस्थामा निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ बमोजिम मूल्य समायोजन गरेपछि पनि प्रतिमहिना साढे ४ अर्ब देखि ५ अर्बसम्म ऋण खोज्नुपर्ने बाध्यता रहेको जनाएको छ ।
पछिल्लो समय निगमले सरकार मातहत रहेको मूल्य स्थिरीकरण कोषबाट १ अर्ब ८० करोड रुपैयाँ लिएर इण्डियन आयल कर्पाेरेशनलाई खरिदबापतको रकम भुक्तानी गरे पनि आगामी दिनहरुमा पेट्रोलियम पदार्थ खरिद गर्न कठीन हुने भनेको छ ।
अब, यस्तो अवस्थामा भारतबाट पेट्रोलियम पदार्थ खरिद गर्न नसके समस्या आउने निगमले जनाएको छ । र, यस्तो अवस्थामा समस्याको समाधान गर्न कठीनाई पर्ने पनि निगमको अनुमान छ ।
तर, निगमको उक्त पाटोलाई उपभोक्ता अधिकारकर्मीहरू सहज रुपमा स्वीकार्न तयार छैनन् । उपभोक्ता अधिकारकर्मीहरू निगमले व्यवस्थापकीय पाटोतर्फ नहेर्ने केवल अन्तर्राष्ट्रिय बजारमा भाउलाई हेरेर जनतामाथि आर्थिक भार थोपरेको बताउँछन् ।
तर, अन्तर्राष्ट्रिय बजार अनुसार भारतको रक्सौल÷बरौनीमा मङ्गलवार ८४.३२ नेपाली रुपैयाँ पर्ने पेट्रोलको खरिद मूल्य काठमाण्डूमा भने १४२ तिर्नुपर्छ।
किन महंगो पेट्रोलियम पदार्थ ?
रक्सौल/बरौनीमा पेट्रोलियम पदार्थको भाउ सस्तो परे पनि निगमले त्यहाँबाट पेट्रोलियम पदार्थ खरिद गरेपछि राजस्व र मूल्य अभिवृद्धि कर तिर्नुपर्ने हुन्छ र त्यो पेट्रोलको मूल्यमा जोडिइन्छ।
जसभित्र भन्सार शुल्क, सडक मर्मत–संहार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्कलगायत जोडिन्छ । र, निगमले उपभोक्तामाथि आर्थिक भार पर्ने भन्दै मूल्य स्थिरीकरण कोषमा बिक्री भएको पेट्रोलियम पदार्थको १ प्रतिशत रकम थप जम्मा गर्ने निगमको भनाइ छ ।
निगमका अनुसार रक्सौलदेखि काठमाण्डूसम्मको ढुवानी लागत ५.११ रुपैयाँ तिर्नुपर्छ भने उपभोक्तालाई अझैँ पनि १३.२३ रुपैयाँ सहुलियतमा पेट्रोलियम पदार्थ बेचिरहेको निगमको भनाइ छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया