
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको नेपाल राष्ट्रिय पुस्तकालयले जमलमा बनाउन लागेको पुस्तकालय भवन निर्माणका लागि गरेको टेन्डरमा प्रतिस्पर्धा खुम्च्याएको भन्दै प्रश्न उठेको छ । गत माघ १० गते मन्त्रालयले गरेको टेन्डरमा प्रतिस्पर्धा सीमित गरिएकोले मिलेमतोको आशंका गरिएको छ ।
मन्त्रालयले प्रकाशित गरेको टेन्डरअनुसार १० वर्षभित्र कम्तीमा ५७ करोड ७४ लाख ९८ हजार रुपैयाँ बराबरको एउटा डबल बेसमेन्ट भवन निर्माण गरेको कम्पनी मात्रै ठेक्कामा सहभागी हुन पाउँछन् । मन्त्रालयका एक अधिकारीका अनुसार सकेसम्म थोरै कम्पनी सहभागी गराउने र एउटा मात्रै कम्पनीलाई प्राविधिक मूल्यांकनमा पास गराउने पूर्वयोजना अनुरुप नै ठेक्का प्रकाशित भएको हो ।
‘एउटा ज्वाइन्ट भेन्चर कम्पनीलाई ल्याउने योजनाअनुसार टेन्डर प्रकाशन भएको हो’ ती अधिकारीले भने,’टेन्डरमा अधिकतम योग्यता र शर्त एउटा कम्पनीलाई मात्रै मिल्ने गरी तोकिएको छ भने केही योग्यता सो कम्पनीसँग जेभीमा आउने तय भएको अर्को कम्पनीसँग मात्रै मिल्ने गरी राखिएको छ ।’ ७० करोड लागत अनुमानको यो भवनको ठेक्का १(२ प्रतिशत मात्रै घट्ने गरी तय भएको ती अधिकारीको दावी छ ।
नेपालमा डबल बेसमेन्ट भवन निर्माणको अनुभव हासिल गरेका कम्पनीको संख्या सीमित छ, त्यसमाथि भवनको बेसमेन्ट निर्माणभित्र पनि साना(साना क्राइटेरिया तोकेर प्रतिस्पर्धा खुम्च्याइएको छ । टेन्डरको सूचनाअनुसार एउटै भवनमा प्रतिबेसमेन्ट १३८५ वर्गमिटरमा ६०० एमएम मोटाइको १४ मिटर गहिरो पाइलिङ गरेको कम्पनी मात्रै यो ठेक्काको प्राविधिक मूल्यांकनमा पास हुनसक्छ । त्यति मात्रै नभएर डबल बेसमेन्टमा एम ३० र त्यसभन्दा माथिको क्रंक्रिटिङको विशेष अनुभव ९४००० घनमिटर० मागिएको छ । यसले एउटै भवनमा डबल बेसमेन्टमा मात्रै काम गरेको अनुभवले नहुने र क्रंक्रिटिङका ठूलो काम गरेको अनुभव पनि चाहिने छ ।
शहरी विकास तथा भवन निर्माण विभागका एक इन्जिनियरका अनुसार स्वच्छ प्रतिस्पर्धा हुने गरी भएका यो भन्दा ठूला भवनका ठेक्कामा पनि यस्ता ‘स्पेसिफक’ अनुभव र योग्यताहरु मागिंदैन । ‘नेपालमा डबल बेसमेन्ट भवन बनाउन थालेको धेरै वर्ष नै भएको छैन, त्यसमाथि डबल बेसमेन्टभित्रै पनि यति स्पेसिफिक योग्यता पूरा गन सक्ने कम्पनी एक(दुई वटा मात्रै छन्,’ ती अधिकारीले भने,’यो पनि अनुभव माग्ने नाममा पहिल्यै कम्पनी छनोट गरेर ठेक्का गर्ने क्रमको सिलसिला हो ।’
अझ रोचक के छ भने मूल रुपमा पुस्तकालय भवनको लागि भएको टेन्डरमा कम्तीमा ५०० जना अट्ने अडिटोरियम र सभाहल निर्माण गरेको अनुभव पनि अनिवार्य गरिएको छ । यस्तो अनभुव नेपालमा समानान्तर निर्माण सेवा सहित केही सीमित कम्पनीसँग मात्रै भएको व्यवसायी बताउँछन् । समानान्तर निर्माण सेवाले गोदावरी, सुर्खेत लगायतका स्थानमा हालसालै ठूलो क्षमताको सभाहल बनाएर अनुभव हासिल गरेको छ । यस्तो अनुभव हालसालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार ठहर गरेको काठमाडौं महानगरपालिकाको प्रशासनिक भवनको ठेक्कामा पनि यस्तै स्पेसिफिक प्राविधिक योग्यताहरु राखिएको थियो ।
यो ठेक्कामा प्राविधिक रुपमा योग्य हुन मन्दिर तथा पुरातात्विक क्षेत्रमा निर्माणको काम गरेको अनुभव पनि मागिएको छ । त्यसैगरी अन्तर्राष्ट्रिस्तरको पुस्तकालय भवन बनाएको योग्यता पनि चाहिने भनिएको छ । अन्तर्राष्ट्रियस्तरको पुस्तकालय भवन निर्माण अनुभव नेपालमा निकै सीमित कम्पनीसँग छ ।
के भन्छ पुस्तकालय
राष्ट्रिय पुस्तकालयका प्रमुख दशरथ मिश्र आफू हालसालै मात्रै पुस्तकालयको प्रमुख लाइब्रेरियन भएर आएको र यसअघि नै टेन्डरका लागि सबै प्राविधिक तयारी भएकाले यसबारे धेरै विषय थाहा नभएको बताउँछन् ।
‘टेन्डरको सूचना प्रकाशित भएको छ, फागुन एक गते प्रि(बिड मिटिङ हुन्छ,’ उनले भने,’त्यही बेला निर्माण व्यवसायीले अन्याय महशुस गर्नुभयो भने गुनासो गर्न सक्नुहुन्छ ।’ यसबारे सोही दिनमा प्राविधिकहरुले टेन्डरबारे उठेका प्रश्नको जवाफ दिने दासले बताए । उनले यदि प्रतिस्पर्धा खुम्चिने अवस्था भए बोलपत्रको शर्त र योग्यताहरु संशोधन गर्न सकिने बताए ।
‘पुस्तकालय भवन बन्ने क्षेत्रमा गुठीको एउटा पुराना मन्दिर पनि भएकाले मन्दिर र पुरातात्विक क्षत्रेमा काम गरेको योग्यता पनि मागेका हौं,’ उनले भने, अरु प्राविधिक विषयमा प्रश्न उठेमा हामी प्रि(बिड मिटिङमै जवाफ दिन्छौं ।’
सरकारले अपांग, बालबालिका र ज्येष्ठ नागरिकमैत्री हुने गरी ५ तले भवन बनाउन लागेको हो । २०१३ पुसमा हरिहरभवनमा स्थापना भएको पुस्तकालय भूकम्पमा क्षतिग्रस्त भएपछि जमलमा नयाँ भवन बनाएर सार्न लागिएको हो ।
पुस्तकालयको पुस्तकहरू अहिले सानोठिमीमा लगेर सुरक्षित रुपमा राखिएको छ । भवन बनेपछि आधुनिक रुपमा पुस्तकालय सञ्चालन गर्ने योजना छ । तर, शुरूमा जग्गाको स्वामित्वबारे विवादमा फसेको पुस्तकालय अहिले फेरि टेन्डरमा भएको मिलेमतोका कारण विवादमा पर्ने देखिएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया