SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/११ गते
    ७४५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन तथा संक्रमणमुक्त हुनका उपायोगी हुने भन्दै लगातार सुझ्याउँदै आएको औषधिले वास्तवमा संक्रमितको मृत्यु हुने जोखिम बढाउने तथ्य बाहिर आएको छ । द ल्यानसेट जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदन अनुसार ट्रम्पले सुझाउँदै आएको होइड्रोक्सिक्लोरोक्वीनले बिरामीको मृत्यु हुने जोखिम बढ्ने देखिएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गर्दा कुनै फाइदा नहुने ल्यानसेटको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । अमेरिकी राष्ट्रपति ट्रम्पले केही दिनअघि कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि आफूले हाइड्रोक्सिक्लोरोक्वीन औषधि खाइरहेको बताएका थिए । डाक्टर तथा स्वास्थ्य विज्ञहरुले गम्भीर चासो र चेतावनी दिए पनि ट्रम्पले लगातार सो औषधिले कोरोना भाइरसको संक्रमण निको हुने बताउँदै आएका छन् ।

    अहिलेसम्म भएका कुनै पनि अनुसन्धान तथा परीक्षणहरुमा हाइड्रोक्सिक्लोरोक्वीनले कोभिड–१९ को उपचारमा सकारात्मक प्रभाव पार्ने देखिएको छैन । यो औषधि मलेरियासहित लुपस वा आर्थ्राइटिसको उपचारमा प्रयोग हुँदै आएको हो । तर अहिलेसम्म भएका कुनै पनि क्लिनिकल ट्रायलले हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गर्न स्वीकृति दिएका छैनन् ।

    ल्यानसेटले कोरोना भाइरसका ९६ हजार संक्रमितमाथि अनुसन्धान गरेको हो । त्यसमध्ये झण्डै १५ हजारलाई हाइड्रोक्सिक्लोरोक्वीन वा क्लोरोक्वीनको सम्बन्धित औषधि दिइएको थियो । यो औषधि एन्टिबडीसहित वा एन्टिबडी बाहेक दिइएको हो । अर्को समूहका बिरामीको तुलनामा हाइड्रोक्सिक्लोरोक्वीन दिइएका बिरामीको अस्पतालमै मृत्यु हुने वा मुटुको चाल असामान्य हुने समस्या बढी देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

    अनुसन्धान प्रतिवेदन अनुसार हाइड्रोक्सिक्लोरोक्वीन दिइएका कोभिड–१९ का बिरामीको मृत्युदर १८ प्रतिशत, क्लोरोक्वीन दिइएका बिरामीको मृत्युदर १६.४ प्रतिशत तथा अरु समूहका बिरामीको मृत्युदर ९ प्रतिशत देखिएको छ । एन्टिबडीसहित हाइड्रोक्सिक्लोरोक्वीन वा क्लोरोक्वीन दिएर उपचार गरिएका बिरामीको मृत्युदर अझ बढी देखिएको अनुसन्धानमा उल्लेख छ । अनुसन्धानकर्ताले क्लिनिलक ट्रायल बाहेक हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग नगर्न चेतावनी दिएका छन् ।

    ट्रम्पले भने आफू अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित नभएको र हाइड्रोक्सिक्लोरोक्वीनले संक्रमण रोक्न सहयोग गर्ने सोचेर आफूले औषधि खाइरहेको बताएका थिए । हाइड्रोक्सिक्लोरोक्वीनको हाल अनुसन्धान भने भइरहेको छ कोरोना भाइरसको उपचार वा संक्रमण नियन्त्रणमा यसको प्रभावकारिता हेर्नका लागि । युरोप, अफ्रिका, एसिया तथा दक्षिण अमेरिकाका ४० हजार भन्दा बढी स्वास्थ्यकर्मीलाई यो अनुसन्धान अन्तर्गत हाइड्रोक्सिक्लोरोक्वीन दिइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं