SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/१४ गते
    १२४ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर पौडेल,पोखरा। नेपाली काँग्रेस कास्कीले विशेषज्ञ वृत्त वनाउने निर्णय गरेको छ । जिल्ला कार्य समिति वैठकले पार्टीलाई आवश्यक राय, सल्लाह तथा सुझाव दिनको लागि निर्माण गरिएको विशेषज्ञ वृत्तमा समाजको विभिन्न क्षेत्रमा विज्ञता हासिल गर्नुभएका व्यक्तित्वहरुलाई समेटिएको नेपाली कांग्रेस कास्कीले जानकारी दिएको छ ।

    कास्की कांग्रेसले निर्माण गरेको राजनीति विशेषज्ञ वृत्तमा अग्रज राजनीतिज्ञहरु अशोक पालिखे, भोला थापा, तीर्थ श्रेष्ठ, विश्व सिग्देल, शंकर देवकोटा र सकुन्तला गुरुडलाई मनोनित गरिएको छ । जीवनको महत्वपूर्ण समय, ज्ञान, सिप र अनुभवले खारिएका व्यक्तित्वहरुको उपस्थिती र सक्रियताले कास्की कांग्रेस थप उर्जाशिल वन्ने अपेक्षा लिएको नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त वरालले वताउनुभयो ।

    विगतमा पार्टीको विभिन्न तहमा रही समाजमा सम्मानीत जीवन वनाएका उहाँहरुको अनुभवले पार्टीमा नयाँ रक्तसंचार गर्ने अपेक्षा सभापति वरालको छ ।पार्टीले राजनीति, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, वातावरण, योजना, उद्योग वाणिज्य, सुशासन तथा प्रशासन, साहित्य, कला तथा संगित क्षेत्रलाई समेटेर विशेषज्ञ वृत्त निर्माण गरेको हो । समाजको विविध क्षेत्रमा रहेर उहाँहरुले आर्जन गर्नु भएको ज्ञान, अनुभव र विज्ञताको खाँचो र आवश्यकता पार्टीलाई सदैव छ, त्यसैले उहाँहरुको मूल्यावान समय र साथलाई फेरि पनि पार्टीले लिन चाहेको हो, सभापति वरालले वताउनुभयो ।

    कास्कीको राजनीतिमा अमूल्य समय र जीवन दिनुभएका उहाँहरुको उपस्थितीले पार्टीमा नयाँ उत्साह संचार गर्ने नेपाली कांग्रेस कास्कीका सहसचिव नविन सिग्देलले दावी गर्नुभयो । अन्य वृत्तका विशेषज्ञहरु पनि छिटटै निर्माण गर्ने तयारीमा रहेको कास्की काँग्रेसले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    लोकदोहोरी गीत प्रतिष्ठानबाट मन क्षेत्री र नन्दमाया दुरा सम्मानित

    पोखरा। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशले पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक...

    एन प्याव्सनको श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर प्रथम

    पोखरा। एन प्यानव्सन कास्कीले आयोजना गरेको दोस्रो नेपाली पठन सिप एवम् श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर एकेडेमी...

    सामुदायिक सेवा केन्द्र वगरको अध्यक्षमा पुनः रामप्रसाद

    पोखरा। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा– १ वगरको शनिबार सम्पन्न २१ औ...

    यति ठूलो सजाय दिनु उपसभामुख रानालाई उचित हुँदैनः प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपसभामुख इन्दिरा...

    बागलुङका पाँच पालिका भाडाकै घरबाट सञ्चालन

    ढोरपाटन (बागलुङ) । बागलुङका पाँच स्थानीय तह भाडाकै घरबाट सञ्चालन हुँदै आएका छन् । जैमिनी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं