SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/४/१७ गते
    ५६२ &#२३४६;&#२३३५;&#२३२५;

    पाेखरा,राम प्रसाद पाैडेल।पाेखरा १९ घार्मी मैदानका जेष्ठ नागरिक एकल आमाहरु तिज आउँदै गर्दा हम्काइलाे र पुराना भाकाहरु सम्झन्छन् । आमाहरु भन्छन् ” उ बेलाकाे तिज र अहिलेकाे तिजमा आकास जमिनकाे अन्तर छ । उतिखेर हामी तिज आएपछि आफ्नै गाउँ ठाउँका दु:ख, पीडा र बेदनाहरु गितकाे भाकामा बाधेर गाउँदथेउ, अहिलेकाे जस्ताे छाडा गित थिएनन्, न त त्यतिखेर अहिलेकाे जस्ताे तिज आउन कहाँ हाे कहाँ एक महिना पहिल्यै देखि दर खाने चलन थियाे, उ बेला त तिज आउन २-३ दिन छन् भनेपछि बल्ल माईतीकाे बाटाे हेर्थेउ आैसी,परेवाकाे साँझ सम्म माईतीकाे आँगन टेक्न पाए आफुलाई भाग्यमानी ठान्थेउ । त्याे बेला जे छ घरमै उव्जेकाे तिहुन तरकारी, घरकै चाेखाे भुटुन गरेर तिज मान्थेउ,। अहिलेकाे जस्ताे बजारिया चिजबिज केही थिएन ।

    दर भनेकाे त उपासनेकाे दिन दिनभरि भाेकै बस्न पर्ने भएकाले अघिल्लाे दिन वा राति चिल्लाे चाप्राे पु-याएर दराे गरेर खानेलाई दर भनिन्थ्याे ।अहिले त एकमैना पहिल्यै देखि घर घरमा भाेज भतेर, हाेटल र रेष्टुरेन्टहरुमा भीड,भाड, माछा मासु , खै के के हाे, के के बाबु ?? चाड बाड बिगारे हिजाे आजकाले। त्यतिबेला चाड बाडहरु निर्वाह गरेर घाँटी हेरेर हाड निल्ने तरिकाले मान्थेउ, माइताँ जे खाए पनि बयेर्नी नै खाए झै लाग्थ्याे कर्कलाकाे गाबाे मात्र भए पनि सन्सार भरिकै खुशी पाए जस्ताे हुन्थ्याे ।

    उ बेला चाड आएपछि मनैदेखि खुशी हुन्थेउ। साना साना कुराले पनि धेरै खुशी पाए जस्ताे लाग्थ्याे। त्याे बेला चाडबाड भनेकाे मनाउनलाई मान्दथेउ तर हिजाे आज त देखाउनलाई मान्ने भयाै । अब त अलि नसक्ने र निम्छराे मुुन्छेलाई त याे चाडबाड पनि नआईदिए हुन्थ्याे जस्ताे भयाे ” उतिखेर तिज भन्नु खान लाउन भन्दा पनि बर्षभरि छुट्टिएका छाेरी चेली एकैदिन भए पनि एकै ठाउँमा बसेर गितकाे भाकामा आ-आफ्ना व्यथा सुन्ने सुनाउने गर्थेउ। जनै लाउने गएपछि मुन्छेहरु तिजका गीत बाध्न थाल्थे। मेलाे पाताेमा गाउथेउ , बेलुका घर आएपछि टुकी, ढेब्री बालेर ढिकी जाताे गर्दै तीजका भाका गुनगुनाउथेउ ।

    तिजकाे मुखैमा छाेरी चेली जम्मा भएर कहिले कसैकाे घराँ, कहिले कसैकाेमा गीत बाध्ने, गाउने चलन थियाे । उपासदाकाे दिन दिनैभरि पुराना भाका र हम्काइलाे सुनिन्थ्याे। अब त हम्काइलाे पनि हराउन लागिसक्याे, हिजाे आज छाेरि बुहारीलाई हम्काइलाे भन्दा ” त्याे भनेकाे कुन काईलाे हाे आमा” भनेर साेध्दछन् । उतिखेरका तिजका गित कति गमिला हुन्थे, कति रहनीका र कति राम्रा हुन्थे जति सुने पनि सुनाै सुनाै लाग्ने , हिजाे आज त के हाे कुन्नि उत्ताउलाे उत्ताउलाे गाउँछन्, साह्रै छाडा, नाच पनि त्यस्तै उरन्ठउलाे नाच्छन् के हाे के , यसाे टि बि खाेलेर हेर्न खाेज्याे छाेरा बुहारी नाति नातिनासंग बसेर हेर्न पनि दकस लाग्ने गीत। हेर बाबु ! हामिले मान्ने तीज त यस्ताे थिएन कति गमिलाे हुन्थ्याे। मुन्छेले गति छाेड्दै गए , चाडबाड पनि चाडबाड भन्नुमात्र भयाे अब त” भन्नुहुन्छ उहाँहरु ।

    फरक फरक ठाउँबाट डाेलि अन्मिएर यस गाउँमा भित्रिई सिङ्गाे जिन्दगी सङ्घर्ष र जिउनुकाे निर्वाहमा गुजार्दै आएका यी आमाहरु हिजाे याे गाउँमा आएदेखि याे उमेरसम्म कसैले कसैकाे मन कुड्याएकाे छैनन्। जसरी दुलहीकाे घुम्टाे ओढेर गाउँ भित्रिएका थिए त्यसरी नै आजसम्म एक आपसकाे मान मर्यादा र हित्त चित्तकाे मिलति मनले एक अर्काका हित्त हितैसी बनेर बसेका छन् । हिजाे अर्म पर्म मेलाे खेतालाे र बनि बुटाे गर्दा एउटै पटुकीका खट्टे सिराैला बाडी चुडी खाएका यी आमाहरुकाे मन आज पनि एउटै छ। फुर्सद भयाे कि आमाहरु एकै ठाउँमा जम्मा हुन्छन् दुना ,टपरी र बत्ति काढ्दै धर्म, कर्म,तिर्थ ब्रत, र ज्ञान ज्ञुनका कुरासंगै आ-आफ्ना दुखसुखका कुरा गर्दै समय गुजार्छन् ।

    उमेरले काेही सत्तरीकाे नजिक र काेही पचहत्तर काटिसकेका यी आमाहरु कलिदेबी पाैडेल खेम कुमारी पाैडेल , गंगादेबी पाैडेल , इन्द्रदेबी पाैडेल , छलिदेबी पाैडेल,तुलसी पाैडेल , राधादेबी पाैडेल ,र शिव बि.क यी सबै आमाहरु एकलआमा हुनुहुन्छ ।

    एकल जीवनकाे सन्दर्भमा बाेल्दै आमाहरु भन्नु हुन्छ । “जति जे भए पनि सुख्खै सुख्खमा बसेर मिठै मिठाे खाएपनि आफ्ना खसम भए जस्ताे त कहाँ हुन्छ र । छाेरा बुहारी नाति नातिनाले माया गर्छन् , सुख्खै सुख्खले राखेका छन् । खान लाउन, दबाई मुलाे केही कुराकाे कमी छैन, दु:ख बिमार केही परे घर घरै साधन छन, सल्लरबाेट,डाक्टरकाँ पु-याउछन्। खान लाउन जे भन्याे त्यही पु-याएका छन्। सुख पनि पहिलाकाे लेखि त स्वर्गै छ, दुख केही छैन र पनि आफ्ना शिरका स्वामी भए जस्ताे त कहाँ हुन्छ र, भन्दै आफ्ना स्वर्गेबासी श्रीमान् सम्झनुहुन्छ उहाँहरु ।

    हिजाे आफूले गरेका दु;ख आपत र जीवन सङ्घर्ष सम्झदै उहाँहरु भन्नुहुन्छ” हिजाे साह्रै दु:ख आपत थियाे । दिनरात पसिना बगाएर नङ्ग्रा खियाई खियाइ बसालेका हाै यी घरबासहरु। जतनले गरिखाएका ठाउँ हुन् यी जग्गा जमीन। यही माटाेमा जन्मियाैं तिमीहरू, यही माटाे र यीनै पाखा पखेरामा हुर्कियाैं। यहीका गरा फाेटाले तिमिलाई पाले पाेसे तिमिहरुलाईनै भन्दा हाम्राे जिवन गयाे। एउटै धराे ओड्ने ओछ्याउने गरेर लालाबाला हुर्काएका हाै । ती दिन कहिल्यै नभुल्नु, कहिल्यै नभुल्नु आफ्ना बाउ आमाकाे दुख। जति सुकै उन्नति गरेपनि आफ्नाे माटाे जन्म थात नभुल्नु बाबु। हाम्रा कुल पितृ देउ देउता नभुल्नु । धर्मले खान बस्न हुन्छ , आफ्नाे धर्म कहिल्यै नभुले ” भन्नुहुन्छ उहाँहरु।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कास्कीमा सामुदायिक विद्यालय तर्फ बाटुलेचौरको विन्ध्यवासिनी र संस्थागत तर्फ मदरल्याण्ड उत्कृष्ट

    शिशिर, पोखरा।कास्कीमा सामुदायिक विद्यालय तर्फ बाटुलेचौरको विन्ध्यवासिनी मावि र संस्थागत तर्फ मासवारको मदरल्याण्ड मावि यस...

    अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा राहुल रेग्मी निर्बिरोध चयन”

    सचिन्द्र श्रेष्ठ ,काठमाडौं । बिभिन्न मुलुकमा छरीएका नेपाली समुदायलाई नियमित रुपमा रक्तदान,यसको महत्व, प्रभावकारीता,जनचेतना ,नियमित...

    बालबालिकाको स्वास्थ्य परीक्षण, बाल सुुधार गृहमा फलफुल वितरण

    पोखरा। ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा शारीरिक अपांगता भएका बालबालिकको पहिचान तथा स्वास्थ्य परीक्षण...

    लोकदोहोरी गीत प्रतिष्ठानबाट मन क्षेत्री र नन्दमाया दुरा सम्मानित

    पोखरा। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशले पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक...

    एन प्याव्सनको श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर प्रथम

    पोखरा। एन प्यानव्सन कास्कीले आयोजना गरेको दोस्रो नेपाली पठन सिप एवम् श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर एकेडेमी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं