SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१/९ गते
    ५२ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले नयाँवर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम संगै संघको कार्यालयको उद्घाटन गरेको छ । संघको कार्यालयको उद्घाटन गर्दै लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघका केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठले लोकदोहोरी रेष्टुरेण्ट व्यवसाय सम्मानित, मर्यादित र सुरक्षित बनाउनका लागि ब्यवशायीहरुनै लाग्नुपर्नेमा जोड दिए ।

    आफुहरुको ब्यवसाय कोरोना अगाडि सम्म नेपाल सरकारमा सुचिकृत नभएका कारण त्यतिवेला प्रहरी प्रसासनबाट सास्ती खेप्नुपरेको वताउदै कोरोना पछि ब्यवसायलाई सुचिकृत गरी मापदण्ड र अनुसुची बनाएको र त्यसपछिमात्र हाल आएर रात्रिकालिन ब्यवसायलाई चौबिसै घण्टा खोल्न सरकार तत्पर रहेको वताउदै अध्यक्ष श्रेष्ठले संस्थाको मर्यादाभित्र रहेर व्यवसाय गर्न व्यवसायीहरुलाई आग्रह समेत गरे ।

    त्यस्तै पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवयसायी सघंका कानुनी सल्लाहकार सुरेन्द्र थापा मगरले ब्यवसाय संगै रोजगार प्रदान गर्ने व्यवसाय लोकदोहोरी रेष्टुरेण्ट भएको वताउदै लोकदोहोरी ब्यवसायले लोक संस्कृतिको संरक्षणमा समेत लागेको वताए । आर्थिक मन्दीका कारण रोजगार नपाउने अवस्थाका कारण युवाहरु विदेश पलायन भइरहदा लोकदोहोरी रेष्टुरेण्ट व्यवशायीहरुले केही हद सम्म रोजागार प्रदान गरिरहेको वताउदै थापा मगरले पैसा र नेपाल सरकारले चाहेर मात्रपनि नेपालको मौलिक लोक संस्कृति बचाउन नसकिने वताए । लोक संस्कृतिको संरक्षणमा ब्यवसायीहरु लाग्नुपर्ने उनको भनाइ रहेको थियो ।

    राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका केन्द्रीय सचिव शंकरविरही गुरुङले लोकदोहोरीको कलाकार उत्पादन गर्न र कलाकारलाई बचाइ राख्न लोकदोहोरी रेष्टुरेण्टको मुख्य भुमिका रहेको वताए ।

    पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवयसायी सघंका सल्लाहकार लोकेन्द्र कुमार राईले रात्रीकालिन ब्यवशायहरु २४ घण्टा खुल्नु खुसीको कुरा भएतापनि त्यसमा चुनौती रहेको वताउदै ब्यवशायीहरुले विशुद्ध रुपमा व्यसाय गर्दै सम्मानित र मर्यादित ढंगले ब्यसाय गर्न सके व्यवसायीले सम्मान पाउने वताए । त्यस्तै अर्का सल्लाहकार जय कुमार परियारले संघले ब्यवसायीहरुको हक हितको लागि एकजुट भएर काम गर्न आग्रह गरे । ससुराली रोधी घरका सञ्चालक टंक पौडेलले संघबाट व्यवसायीहरुलाई दुख पर्दा साथ र सहयोग पाइरहेको वताउदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा राखे ।

    उक्त अवसरमा पोखरामा भर्खर सञ्चालनमा आएका ससुराली, जुनेली, मान्द्रो र सारंगी रोधी घरले संघको सदस्यता समेत लिएका थिए । हाल पोखरामा २६ वटा दोहोरी सांझहरु संघमा आवद्ध रहेका छन । संघका अध्यक्ष जीवन गुरुङ भीमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बिरेन्द्र केसीले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन सचिव दिलु लामाले गरेकी थिइन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं