SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१२/११ गते
    १२५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा ठाकुर बि। पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न १८ औं अधिवेशनबाट पौडेलको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरिएको हो । पौडेलले यसअघिको कार्यसमितिको बरिष्ठ उपाध्याक्षको जिम्मेवारी बहन गरिसक्नुभएको छ ।

    सामाजिक रुपमा सक्रिय पौडेल विगत २ दशक देखि संघका गतिविधिहरुमा सक्रिय हुनुहुन्छ । सुनचाँदी व्यवसायी रहेका पौडेल विभिन्न संघसंस्थामा समेत आवद्ध रहेर काम गर्दै आउनुभएको छ ।

    समितिको महिला सदस्यमा देवी अधिकारी, अनिता सापकोटा रहेका छन् । अन्य सदस्यमा कमलवहादुर जिसी, रमेश शर्मा लामिछाने, नारायणप्रसाद पौडेल, शेरवहादुर चोचाङ्गी, राजन गुरुङ, ढाकाराम सापकोटा, कमल शर्मा लामिछाने, विश्वराज श्रेष्ठ, नारायण पौडेल, प्रदिप तिमिल्सीना, ज्ञानेन्द्र कुमार जोशी, गणेश लामिछाने, कुमवहादुर गर्बुजा, खड्गप्रसाद खनाल, भिमवहादुर नेपाली, बिमल अधिकारी, कृष्णप्रसाद शर्मा, लक्ष्मण शर्मा र शैलेन्द्रकुमार कर्माचार्य चयन भएको निर्वाचन समितिका संयोजक दिलिपराज शर्माले जानकारी दिनुभयो ।

    नवनिर्वाचित अध्यक्ष ठाकुर बि। पौडेलले पछिल्लो समय आर्थिक गतिविधि सुस्ताएको र व्यवसायीको मनोबल गिर्दै गएको प्रति चिन्ता व्यक्त गदै यो विषयमा सरकारलाई गम्भीर भएर सोच्न आग्रह गर्नुभयो । आफ्नो ३ बर्षिय कार्यकालमा कार्ययोजना सहित व्यवसायीहरुको हितमा काम गर्ने उहाँले बताउनुभयो । अध्यक्षमा चयन भए लगत्तै पौडेलले सदरमुकाम कुश्माबजारको लोकतान्त्रिक चोकमा रहेको शहीद गोविन्दनाथ शर्माको शालिकमा माल्यार्पण गर्नुभएको छ ।

    यसैबीच समितिको पहिलो बैठकले पदाधिकारी सहित समिति विस्तार गर्ने जनाएको छ । राजनीतिक भागबण्डामा नेतृत्व चयन भएको बताइएको छ । राजनीतिक भागबण्डा अनुसार नेकपा एमालेले ९, नेपाली काँग्रेसले ७, माओवादी केन्द्रले ५ र अन्य दलले ४ सदस्यको नेतृत्व गर्ने सहमती भएसँगै दलीय भागबण्डा मिलेको हो ।

    भागबण्डा अनुसार एमालेले अध्यक्ष सहित नेतृत्व गर्ने भएको छ भने, काँग्रेसले उपाध्याक्षर कोषाध्याक्ष सहित सदस्य, माओवादीले उपाध्याक्षरमहासचिव सहित सदस्य र अन्य दललाई ४ सदस्य प्रदान गर्ने गरि सहमति भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं