SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/८/१८ गते
    १०५६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन कार्यका लागि सुपरिवेक्षक तथा गणक करारमा लिने भएको छ । शनिबार एक सूचना जारी गर्दै करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको हो ।

    नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त आर्थिक वर्ष २०८०।०८१ का लागि स्वीकृत बजेट तथा कार्यक्रम अनुसार काठमाडौँ महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका लागि ट्याब्लेटमार्फत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण गर्ने महानगरले जनाएको छ ।

    योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिनभित्र तोकिएको योग्यता पुगेका उम्मेदवारहरूले काठमाडौँ महानगरपालिका, नगर कार्यपालिकाको ‘गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन कार्यका लागि सुपरिवेक्षक तथा गणक करारमा लिने सम्बन्धी अनलाइन दरखास्त प्रणाली onlineapplication.kathmandu.gov.np मार्फत मात्र आवेदन दिनुपर्नेछ ।

    सुपरिवेक्षक पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङ्क शास्त्र वा जनसङ्ख्या वा अर्थशास्त्र वा गणित विषय सहित कुनै विषयमा कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्नेछ । यसमा बढीमा पाँच महिनाका लागि नियुक्ति दिइने र मासिक ३४ हजार ७३० रुपैयाँ हुनेछ । इन्टरनेटका मासिक खर्च २ हजार रुपैयाँ दिइनेछ ।

    गणक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङ्क शास्त्र वा जनसङ्ख्या वा अर्थशास्त्र वा गणित विषय सहित कुनै विषयमा कम्तीमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्ने उल्लेख छ । यसमा पनि बढीमा पाँच महिनाका लागि नियुक्ति दिइने र तलब ३२ हजार ९०२ रुपैयाँ हुनेछ । इन्टरनेटका मासिक खर्च २ हजार रुपैयाँ दिइनेछ ।

    यसमा काठमाडौँ महानगरपालिकाको बासिन्दा, सोही प्रकृतिको जनगणना वा विभिन्न सर्वेक्षणमा कम्तीमा १ महिनाभन्दा बढी अवधि काम गरेका महानगरपालिकाबाट विगतमा यही कार्यक्रमबाट छनोट भएकालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    तेस्रो राष्ट्रिय मगर महोत्सव: खुल्ला महिला भलिवल प्रतियोगिताको फाईनलमा पुन ट्रेनिंग सेन्टर र कुश्मा,पर्बत भिड्ने

    गोबिन्द,पर्बत । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले  “कला संस्कृतिको...

    जलेश्वरमा शिवरात्रीका लागि उपसमिति गठन

     दिपसागर पौडेल,पर्वत ।  यहि २५ गते जलेश्वर शिव मन्दिरमा शिव रात्रिको दिन बिधीवत रूपमा पुजा...

    नेपाली राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीले फ्रेन्च महिला लिगमा गरिन डेब्यु गोल

    पर्वत। नेपाली राष्ट्रि फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले फ्रेन्च महिला लिगमा डेब्यु गोल गरेकी...

    आन्तरिक र बाह्य शक्ति आफूलाई पदबाट हटाउन लागिपरेको गृहमन्त्री श्रेष्ठको स्पष्टोक्ति

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई पदबाट हटाउन आन्तरिक तथा बाह्य शक्ति लागिपरेको...

    पोखरा आर्ट ग्यालरीमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु

    राजाराम पौडेल, पोखरा । पोखराको महेन्द्रपुलबाट नयाँबजार पोखरामा स्थान्तरण गरिएको पोखरा आर्ट ग्यालरीमा प्रादेशिक ललितकला...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं