SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/२५ गते
    २६४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष शिवकुमार सर्राफ अवैध भर्चुअल मुद्रा क्रिप्टोकरेन्सी कारोबारमा पनि जोडिएका छन् ।

    प्रहरीले चिनियाँ नागरिकको समूहले हङकङबाट तस्करी गरेर ल्याएको सुन खरिद गरेको देखिएपछि उनलाई पक्राउ गरेर काठमाडौं ल्याएको थियो । ब्यूरोले उनलाई पक्राउ गरेर गरेको मोबाइल लगायतका सामग्रीको जाँचपछि उनले क्रिप्टोकरेन्सीको कारोबार गर्ने गरेको खुलेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।

    ब्यूरोले भारतमा पक्राउ गरेर टोखाका सुमन खरेललाई काठमाडौं ल्याएको थियो । उनी सुन ओसारपसारमा संलग्न व्यक्ति रहेको प्रहरीको दाबी थियो । खरेलमार्फत सुन प्रकरणमा सर्राफको संलग्नता खुलेको थियो ।खरेलको चिनियाँ नागरिक एलेक्स भनिने याओ पुचिङसँग सम्बन्ध देखिएको थियो । उनले एलेक्स र हिरासतमा रहेका दावा छिरिङसँग मिलेर सुन भारतसम्म पु¥याउने काम गरेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

    सर्राफविरुद्ध सुन तस्करीसँगै क्रिप्टोकारोबारको कसुरमा पनि मुद्दा चलाउने कि भन्नेबारे छलफल भइरहेको एक अधिकृतले बताए । यो सुन प्रकरणको भुक्तानी समेत क्रिप्टो र हुण्डीमार्फत हुने गरेको खुलेको थियो ।

    पुचिङ हङकङबाट नेपालमा आउने सुनको व्यवस्थापनमा सक्रिय थिए । राजधानीको विभिन्न ठाउँमा खोलिएको सुन गाल्ने गोदाममा तयार गरिएको ढिक्का खरेलले बोकेर भारत लैजाने गरेको अनुसन्धानबाट खुलेको छ ।

    राजश्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर सुनसहितको १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । १९ दिनपछि अनुसन्धानको सम्पूर्ण जिम्मेवारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिइएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं