SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/२/६ गते
    ३५६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादी पार्टी अब नचल्ने बताएका छन्। दाङको तुलसीपुरमा शनिबार आयोजित नेत्रलाल पौडेल अभागीको ४०औं स्मृति सभालाई सम्बोधन गर्दै उनले अब माधव नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादी चल्न नसक्ने दाबी गरेका हुन्। एकीकृत समाजवादी पार्टीका केन्द्रीय सचिव भागवत विश्वासी, सदस्यद्वय तथा पूर्व सांसद हिराचन्द्र केसी र शारदा स्वर्णकार, जिल्ला अध्यक्ष सुरामणी बेलबासे, उपाध्यक्ष चुर्ण वली, सचिव डिल्लीबहादुर डाँगीसहित झन्डै चार सय जना नेता कार्यकर्ता फेरि एमालेमा फर्किएपछि महासचिव पोखेरेलले त्यस्तो जिकिर गरेका हुन्। ‘कुनै दिन माधवजीले षड्यन्त्रपूर्वक एमालेलाई कमजोर पार्न, सिध्याउन र पराजीत गर्नकै लागि पार्टी विभाजन गर्नु भएको थियो,’ उनले भने, ‘अब उहाँका षड्यन्त्रका तानाबाना सबै समाप्त भइसकेका छन्, एमालेलाई सिध्याउने षड्यन्त्र २० प्रतिशतले पार्टी फुटाउने कानुन बनाई फेरि त्यो फिर्ता नभएको भए अहिले जितेका समाजवादीका सांसदहरू सबै एमालेमा आइसकेका हुन्थे।’ महासचिव पोखरेलले नेकपा माओवादी केन्द्रले अहिले सत्ताको नेतृत्व गरिरहेको भएपनि निरन्तर ओरालो लागिरहेको भन्दै माओवादीको अस्तित्व पनि संकटमा परेको दाबी गरे।

    माओवादीले ठूला दलहरूबीचमा खेलेर वा भाँजो हालेर आफ्नो अस्तित्व जोगाउन नसक्ने उनले बताए। अब छिट्टै माओवादी दाङका दर्जनौं नेताहरू एमालेमा पार्टी प्रवेश गर्ने तयारी रहेको पनि उनले बताए। अहिलेको आर्थिक मन्दीको प्रमुख कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल भएको उनले आरोप लगाएका थिए। पूर्व-अर्थमन्त्री जनार्दन शर्माले व्यापारीलाई राखेर करका दरहरू हेरफेर गर्दा कारवाही नगरी उनमुक्ति दिएका कारण देशमा अहिले आर्थिक संकट चुलिएको उनको भनाइ थियो। ‘सिसिटिभी फुटेज गायब पार्ने र जनार्दनलाई जोगाउने खेलका कारण देशले अहिले आर्थिक संकट व्यहोर्नुपरेको हो,’ उनले भनेका थिए, ‘यो दोष शेरबहादुर र प्रचण्डहरूकै थियो।’ bलुम्बिनीका संस्थापक मुख्यमन्त्रीसमेत रहेका पोखरेलले आफूहरू करिव तीन वर्ष सत्तामा रहँदा देश इतिहासमै सबैभन्दा बढी आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको जिकिर गरेका थिए।

    एमालेले कांग्रेस नेतृत्वलाई गत निर्वाचन एक्लाएक्लै लडौं भनेर प्रस्ताव राखेपनि कांग्रेसले नमानेका कारण अन्य साना दलहरूले च्याँखे थाप्ने काम गरिरहेको हुँदा देश बर्बादीको मार्गमा पुगेको उनको भनाई थियो। उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नीतिहीन, विधिहीन र लक्ष्यहीन पार्टीको संज्ञा दिँदै एक-दुई पटक चुनाव जित्दैमा उनीहरूको अस्तित्व कायम हुन नसक्ने बताए। ‘युक्रेनमा एउटा हाँस्य कलाकारलाई जिताउँदाका परिणाम आज देश युद्धमा ढकेलिएको छ,’ उनले भने, ‘कुनैपनि दल पुरानो हुँदैन र नयाँ भनिएका दलहरूले जिते कुनै बेला देश युक्रेनको हालतमा पुग्ने खतरा छ।’

    पुरानै पार्टीमा फर्किएपछि कार्यक्रमलाई सम्बोधन गर्दै भागवत विश्वासीले माधवकुमार नेपाल नेकपा माओवादीमा केन्द्रमा प्रवेश गर्न हतार गरिरहेको आरोप लगाए। पार्टीलाई माओवादीमा लाने हतार गरिरहेको कुरा कुनै हालतमा स्वीकार्न नसक्ने भएकाले आफूहरू एमालेमै फर्किएको बताए। विश्वासीले नेपालले पार्टीलाई कांग्रेसको पछाडि लतारेको, एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न पत्राचार गर्दा पनि कांग्रेसका रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन भूमिका खेल्ने जस्ता कारणहरूले आफूहरूले पार्टी छोडेर पुरानै घरमा फर्किएको तर्क गरेका थिए। पूर्व स्वास्थ्य राज्यमन्त्री तथा सांसद हिराचन्द्र केसीले जुन उद्देश्यले एमाले भित्र विद्रोह गरी एकीकृत समाजवादी पार्टी गठन गरिएको थियो त्यो उद्देश्य परिपूर्ती गर्ने कुनै लक्षण नदेखिएको हुँदा एमाले प्रवेश गरेको बताए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं