SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/६ गते
    ५४७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनलाई चुनावपछि पनि निरन्तरता दिने सोच रहेको बताएका छन् । पूर्वपरराष्ट्रमन्त्री सहाना प्रधानको सातौं स्मृतिमा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले आगामी चुनावपछि पनि वाम-लोकतान्त्रिक गठबन्धनलाई अगाडि बढाउने सोच रहेको बताएका हुन् ।

    पूर्वप्रधानमन्त्री नेपालले भने, ‘पाँच दल मिलेर वाम–लोकतान्त्रिक गठबन्धन बनाएका छौं । यो सरकार आगामी चुनावसम्म सहकार्यका साथ अगाडि बढ्ने छ । त्योभन्दा अगाडिसम्म पनि बढाएर लैजाने हाम्रो सोच रहेको छ ।’ नेता नेपालले वर्तमान सरकारमा छिट्टै सहभागी हुने पनि बताए । प्रदेश एक र बागमती प्रदेशमा सरकार बनाउने पनि उनले दोहोर्‍याए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकारले भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाएको छ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ...

    बेनीबाट पाेखराका लागि छुटेकाे पर्वतमा बस दुर्घटना, १८ जना घाइते

    काठमाण्डाै । म्याग्दीको बेनीबाट पोखराका लागि छुटेको बस पर्वतकाे कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते...

    संसद् अवरोध अन्त्य नेपालको समग्र हितको रक्षापछि मात्रै हुन्छ:केपी ओली

    काठमाण्डाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको...

    केपी ओलीले राष्ट्रवादसँग जोडेर सीमा विवादलाई जटिल बनाइदिए : एसडी मुनी

    काठमाडौं, । भारतीय कूटनीतिज्ञ एवं प्राध्यापक एसडी मुनीले नेपाल र भारतबीचको सीमा विवाद पूर्वप्रधानमन्त्री केपी...

    नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा

    काठमाडौं, । नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं