SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/४ गते
    ५११ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यता लिने संख्या ६ लाख हाराहारी पुगेको जनाएको छ । विधान महाधिवेशनमा पेश गर्न तयार संगठनात्मक प्रतिवेदन मस्यौदामा पार्टी सदस्यता लिने संख्या दोब्बरभन्दा धेरैले बढेको उल्लेख छ । प्रतिवेदनअनुसार २०७१ सालको नवौं राष्ट्रिय महाधिवेशनसम्म एमालेको पार्टी सदस्यता संख्या २ लाख ५६ हजार ७७२ थियो । तर अहिले बढेर ६ लाख हाराहारी पुगेको प्रतिवेदनमा उल्लेख छ ।

    गत ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णयपछि एमालेमा युवाको आकर्षण बढेको महासचिव ईश्वर पोखरेलले पेश गरेको प्रतिवेदनमा छ । ‘२०७७ पुस ५ पछिको अवस्थामा पार्टीमा युवाहरुको आकर्षण बढेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यस बीचका अनेक किसिमका राजनीतिक र संगठनात्मक उचारचढाव र प्रतिकूलताका बीचमा नयाँ सदस्यता प्रदान गर्ने र सदस्यता नवीकरण गर्ने काम अघि बढाइएको छ ।’ गत ८ भदौको स्थायी कमिटी र १० भदौको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको दश बुँदे सहमतिअनुसार भने पार्टी सदस्यता २ जेठ २०७५ अगाडिको आधारमा गर्ने भनिएको छ । तर संगठनात्मक प्रतिवेदनले भने ५ पुस यता ठूलो संख्यामा सदस्यता लिने संख्या बढेको उल्लेख गरेको छ ।

    तर थपिएका साढे तीन लाख सदस्यता अभिलेख भने तयार नभएको प्रतिवेदन मस्यौदामा उल्लेख छ । ‘सदस्यता नवीकरण गर्ने, नयाँ सदस्यता प्रदान गर्ने, अरु समूहबाट आएकाहरुको नवीकरण वा नयाँ सदस्यता प्रदान गर्ने जस्ता कुरामा रहन गएको लामो समयको अलमलले सदस्यताको अभिलेख पूर्ण रुपमा व्यवस्थित गर्न सकिएको छैन,’ पोखरेलले लेखेका छन् । मस्यौदा प्रतिवेदनले माओवादीसँग एकता गरेपछि अलमलमा परेको संगठन विस्तार विभाजन पनि तीव्र बनेको समेत उल्लेख छ । पार्टी विभाजनले केन्द्रीय कमिटीमा २० प्रतिशत र १० प्रतिशत जनप्रतिनिधि गुमाउनु परेको प्रतिवेदन मस्यौदामा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं