SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/३ गते
    ५१६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् ।अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए ।

    सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषण गरेका हुन् । रावलले उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको भन्दै आफू देश र जनविरोधी राजनीतिको मतियार नहुने बताए । ‘…तसर्थ देश र जनविरोधी राजनीतिको मतियार हुनुभन्दा त्यस दूषित खेलबाट आफूलाई अलग गर्दछु’ उनले पत्रकारहरुमाझ भने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बिहादी गाउँपालिकाको नीति तथा कार्यक्रम : गाउँपालिका भित्रका युवाहरुलाई स्वरोजगार कार्यक्रम साथै श्रम वैंकको अवधारणा

    पर्वत । जिल्लाको विहादी गाउँपालिकाले १५ र्औ सभा मार्फत आागामी बर्षको नीति तथा कार्यक्रम ल्याएको...

    दोस्रो मदरल्याण्ड एसईई कप फुटसलको उपाधि भद्रकाली माविलाई

    पोखरा। पोखरा ७ मासबार रहेको मदरल्याण्ड माविले आयोजना गरेको दोस्रो मदरल्याण्ड एसईई कप फुटसल प्रतियोगिताको...

    १० बुँदे माग राख्दै स्वास्थ्य बिमा दर्ता सहयोगीले ज्ञापन पत्र बुझाए

    पर्बत । जिल्लामा कार्यरत स्वास्थ्य बिमा सहयोगीहरूले बिभिन्न १० बुदे मागहरु राखेका छन् । स्वास्थ्य...

    फेन्सिङ खेलाडीलाई वोर्ड सदस्य गुरुङको शुभकामना

    पोखरा । राष्ट्रिय खेलकुद परिषद्का वोर्ड सदस्य सदस्य राजेश गुरुङले छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा भाग...

    हेमजा भेट्रान्स कपको दोस्रो दिन ३ खेल सम्पन्न वडा ६, १० र २५ क्वाटरफाईनलमा प्रवेश ।

     हेमजा । हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा पोखराको हेमजामा शनिबार देखि सुरु भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं