SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/२५ गते
    ४४० &#२३४६;&#२३३५;&#२३२५;

    विराटनगर । प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले काठमाडौंमा सम्पर्क कार्यालयको घर भाडा महंगो भएको स्वीकार गरेका छन् । तर प्रदेशको काम र इज्जतका लागि पनि काठमाडौंमा सम्पर्क कार्यालय चाहिने उनको तर्क छ । शुक्रबार प्रदेशसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री राईले सम्पर्क कार्यालय र गाडीबारे उठेको प्रश्नमा स्पष्टीकरण दिएका हुन् । ‘प्रदेशलाई संस्थागत गर्नुपर्छ भनेर सम्पर्क कार्यालय स्थापना गरेका हौं,’ उनले भने, ‘अलिकति महंगो पर्‍यो होला । मलाई पनि पछि मात्रै थाहा भयो ।’

    मुख्यमन्त्री राईले काठमाडौंको महाराजगञ्जमा मासिक तीन लाख ५१ हजार ५०० रुपैयाँ भाडा तिर्ने गरी सम्पर्क कार्यालय खोलेका छन्, जसको भाडामा मात्र प्रदेश सरकारले वार्षिक रुपैयाँ ४२ लाख १८ हजार खर्चिँदै आएको छ ।यसलाई लिएर आलोचना भएपछि मुख्यमन्त्री राईले निजी क्षेत्र, विदेशी लगानी आकर्षित गर्न तथा सरकारको बजेट तथा नीति तथा कार्यक्रमबारे छलफल गर्न काठमाडौं गइराख्नुपर्ने भएकाले सम्पर्क कार्यालय चाहिने जिकिर गरे ।

    ‘मलाई व्यक्तिगत रुपमा चाहिएर सम्पर्क कार्यालय खोलिएको होइन । म जहाँ सुकै पनि काम चलाउन सहज मान्छ हुँ,’ उनले भने, ‘प्रदेशको इज्जत, प्रतिष्ठा र संस्थागत मर्यादाका निम्ती काठमाडौंमा सम्पर्क कार्यालय चाहिन्छ ।’सम्भव भए काठमाडौंमा भवन बनाउनुपर्ने उनको तर्क छ । ‘भविश्यमा त्यो बनाउनुपर्छ, त्यो चाहिन्छ,’ प्रदेश १ का मुख्यमन्त्री राईले भने,‘ आज म मुख्यमन्त्री छु । भोलि तपाईँहरु आउनुहुन्छ, काठमाडौँमा चाहिन्छ कार्यालय ।’ मुख्यमन्त्री राईले प्रदेश सरकारको ध्यान फजुल खर्च रोक्न केन्द्रीत रहेको दाबी गरेका छन् । सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफूले चढ्दै आएको गाडी कति मूल्यको हो भन्ने जानकारी नभएको बताए । ‘सिंचाइको २१ वर्ष पुरानो गाडी चढ्दै आएको थिएँ’ उनले भने, पछि सेतो गाडी आएछ, त्यही चढिरहेको छु तर कति मूल्यको भन्ने थाहा छैन ।’

    विनियोजन विधेयक पारित

    शुक्रबार बसेको बैठकले प्रदेश विनियोजन विधेयक पारित गरेको छ । मन्त्रालयगत विनियोजनमाथि छलफल सकिएपछि विधेयक बहुमतले पारित भएको हो । प्रतिपक्ष दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले खर्च कटौतीको दुई छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएको थियो, जुन बहुमतले अस्वीकृत भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकारले भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाएको छ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ...

    बेनीबाट पाेखराका लागि छुटेकाे पर्वतमा बस दुर्घटना, १८ जना घाइते

    काठमाण्डाै । म्याग्दीको बेनीबाट पोखराका लागि छुटेको बस पर्वतकाे कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते...

    संसद् अवरोध अन्त्य नेपालको समग्र हितको रक्षापछि मात्रै हुन्छ:केपी ओली

    काठमाण्डाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको...

    केपी ओलीले राष्ट्रवादसँग जोडेर सीमा विवादलाई जटिल बनाइदिए : एसडी मुनी

    काठमाडौं, । भारतीय कूटनीतिज्ञ एवं प्राध्यापक एसडी मुनीले नेपाल र भारतबीचको सीमा विवाद पूर्वप्रधानमन्त्री केपी...

    नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा

    काठमाडौं, । नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं