SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/२/२० गते
    ४८३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भियतनाममा देखिएको कोरोना भाइरस (कोभिड–१९)को भेरियन्ट नयाँ नभएको बताएको छ । जापानी समाचारपत्रिका निक्केईसँगको अनलाइन अन्तर्वार्तामा डब्ल्यूएचओका प्रतिनिधिले भियतनाममा देखिएको भेरियन्ट भारत र बेलायतमा देखिएको कोरोनाको भेरियन्टको संयुक्त रुप भएको बताएका हुन् ।

    ‘अहिलेको अवस्थामा डब्ल्यूएचओको परिभाषाअनुसार भियतनाममा कुनै नयाँ हाइब्रिड भेरियन्ट देखिएको छैन,’ डब्ल्यूएचओका प्रतिनिधि किडोङ पार्कले भने । उनले भियतनाममा देखिएको भेरियन्ट भारतमा भेटिएको डेल्टा भेरियन्टभित्र पनि हुने गरेको बताए ।

    विश्व स्वास्थ्य संगठनले अहिलेसम्म कोरोनाका चारवटा भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ को सूचीमा राखेको छ । उक्त सूचीमा बेलायत, भारत, ब्राजिल र दक्षिण अफ्रिकामा देखिएका भेरियन्टहरु सामेल छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार सम्वन्धि छलफल कार्यक्रम सम्पन्न

    पर्वत । यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका सम्वन्धि छलफल कार्यक्रम शनिवार विहान कुश्माबजारमा  सम्पन्न भएको...

    असारको २२ गते पत्रकार महासंघको निर्वाचन हुने

    काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन २२ असारमा हुने भएको छ । शुक्रबार महासंघको केन्द्रीय...

    रोहित,सन्दीप र दीपेन्द्रले क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्ने

    काठमाडौँ ।नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलसहित ३ जनाले क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्ने...

    पैयूँ गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट ४१ करोड २ लाख

    पर्वत । पर्वतको पैंयुँ गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट नीति तथा कार्यक्रम पारित भएको छ...

    कुश्मा नगरपालिकाको नगर सभा सम्पन्न ,आगामी बजेट ९२ करोड १२ लाख

    पर्वत । जिल्लाको कुश्मा नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेको छ । नगर सभाको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं