SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/२/६ गते
    ५५८ &#२३४६;&#२३३५;&#२३२५;

    सिन्धुपाल्चोकका विराज थापाले २ महिनाअघि गएको चैत महिनामा मात्रै अधिवक्ताको लाइसेन्स पाएका थिए । त्रिभूवन विश्वविद्यालयबाट ५ बर्षे बिए एलएलबी कोर्ष पूरा गरेका थापाले आफ्नो पहिलो मुद्धा नै सरकारविरुद्ध हालेका थिए । रिट दायर गरेको दोश्रो दिननै मुद्दा जितेपछि उनी उत्साहित बनेका छन् ।

    उनले भने– ‘संविधान र कानुन रक्षाका लागि मैले सरकारको असंवैधानिक कदमविरुद्ध मुद्दा हालेको थिएँ । सरकारको गैरसंवैधानिक कामलाई सर्वोच्चले संवैधानिक बनाइदिएको छ । आज सर्वोच्च अदालतले दिएको आदेशबाट विधिको शासन कानुनी शासनको प्रत्याभूति भएको महशुस गरेको छु ।’ उनले आफू अधिवक्ता भएपछि पहिलो पटक दायर गरेको मुद्दा जित्दा यो क्षेत्रमा अघि बढ्न थप प्रेरणा र जिम्मेवारी बढेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिले देखिनै गैर संवैधानिक काम गर्दै आएकोले यो मुद्दा आफूले जित्नेमा आफू निश्चिन्त भएको उल्लेख गरे ।

    https://youtu.be/IdPeXP8Fu_E
    उनले भने–‘प्रधानमन्त्रीले संविधानमाथि बारम्बार प्रहार गरेको हुँदा कानुनको विद्यार्थीको हिसावले सबै टुलुटुलु हेरेर बस्ने अवस्था थिएन । मैले आफ्नो स्वविवेक प्रयोग गरेर नै मुद्दा दायर गरेको हुँ । सर्वोच्चले मेरो पक्षमा फैसला गर्छ भन्नेमा मलाई विश्वास थियो । स्वभाविक रुपमा आफूले पहिलो पटक दायर गरेको मुद्दा जितेपछि यसले मेरो जीवनमा सकारात्मक प्रभाव पारेको छ । यसले मलाई अझै गम्भीरता दिएको छ भने थप आत्मविश्वास पैदा गरेको छ । अझै बढी मेहनत गर्नुपर्छ भन्ने हौसला दिएको छ ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख ३१ गते ७ गैर सांसदलाई मन्त्री बनाउनु गैरसंवैधानिक कार्य रहेको भन्दै त्यसलाई बदर गर्न माग गर्दै अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले छुट्टाछुट्टै रुपमा सर्वोच्च अदालतमा बुधबार रिट दायर गरेका थिए । विहिबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले प्रधानमन्त्रीको सो कदम असंवैधानिक ठहर गर्दै सात मन्त्रीको नियुक्ति बदर गर्ने अन्तरिम आदेश दिएको थियो । सो आदेशसँगै गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावाको मन्त्री पद गएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आबश्यकताको आधारमा संविधान संशोधन गरेर भूमि साटफेर गर्न सकिन्छ : सीमाविद् श्रेष्ठ

    काठमाडौं,  । सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल-भारत सीमा विवाद समाधानका लागि आफूले बंगलादेश मोडललाई विकल्पका रूपमा...

    सरकारले भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाएको छ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ...

    बेनीबाट पाेखराका लागि छुटेकाे पर्वतमा बस दुर्घटना, १८ जना घाइते

    काठमाण्डाै । म्याग्दीको बेनीबाट पोखराका लागि छुटेको बस पर्वतकाे कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते...

    संसद् अवरोध अन्त्य नेपालको समग्र हितको रक्षापछि मात्रै हुन्छ:केपी ओली

    काठमाण्डाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको...

    केपी ओलीले राष्ट्रवादसँग जोडेर सीमा विवादलाई जटिल बनाइदिए : एसडी मुनी

    काठमाडौं, । भारतीय कूटनीतिज्ञ एवं प्राध्यापक एसडी मुनीले नेपाल र भारतबीचको सीमा विवाद पूर्वप्रधानमन्त्री केपी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं