SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/३ गते
    ७०४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । राष्ट्रियसभाको बैठकमा सांसदहरुले क्वारेन्टिन व्यवस्थापनदेखि विदेशमा अप्ठेरोमा परेका नेपालीको निशुल्क उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको बैठकमा सांसद रामनारायण विडारीले स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका उर्जावान युवाहरु महामारीका कारण घर फर्किन चाहे पनि भाडा तिर्ने पैसा नहुँदा फर्किन नपाएको बताए । सरकारले रोजगारी नदिएर धकेली धकेली युवाहरुलाई विदेश पठाए पनि रोग र भोकले ग्रस्ता भएकोले उद्दार गर्न नसकेको उनको भनाइ छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    ‘राम्रा राम्रा र बलिया बलिया युवाहरु रोजगारीका लागि विदेशमा छन् । उनीहरु अहिले विदेशमा अलपत्र छन् रोग र भोकले ग्रस्त छन् । स्वदेश आउन आतुर छन् तर रकम छैन’ सांसद विडारीले भने ‘‘तिनीहरुलाई कसरी ल्याउने रु पैसा नभएको मान्छे पनि त नेपाली हो र यहाँ आउनुपर्‍यो नि १ ’ सांसद विमला राई पौडेलले घरघरमा जनतालाई सेवा दिने भनेर संघीय व्यवस्था सुरु गरे पनि स्थानीय तहमा निर्माण भएका क्वारेन्टिनको अवस्था दुःखलाग्दो भएको बताइन् । उनले कोभिड—१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० मा महिला तथा बालबालिका मन्त्रालयको सहभागिता हुनुपर्ने माग राखिन् । सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिम प्रदेशमा भारतबाट ९० हजार भन्दा बढी नागरिक फर्किएको र प्रत्येक जिल्लामा १० हजारभन्दा बढी व्यक्ति क्वारेन्टिनमा रहेको बताए । क्वारेन्टिनमा रहेको हजारौंको परीक्षण हुन नसकेको भन्दै उनीहरुको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्न सांसद कुँवरले माग गरे । सांसद रमेशजंग रायमाझीले मंगलबारे अस्पतालको नाम प्रदेश सरकारले परिवर्तन गरी मदनभण्डारी राखेको प्रति आपत्ति जनाए । उनले मदन भण्डारीको नाममा अस्पताल चाहिने भए सुन्दर हरैचा नगरपालिकामा आफूले जग्गा उपलब्ध गराउने बताए । सांसद सुमनराज प्याकुरेलले शम्भु सदाको थुनामा मृत्यु भएको घटनाको छानबिन गर्न माग गरे । सांसद विमला घिमिरेले मकवानपुरको हेटौडामा एक महिलाको ढुंगाले हानेर हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिन् । सांसद शारदादेवी भट्टले कैलालीमा क्वारेन्टिनमा भएको बलात्कार घटनाको दोषीलाई कारबाही गर्न माग गरिन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं