SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१४ गते
    २५३४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । मुलुकमा यतिखेर अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को चर्चा छ । एमसीसीबारे सत्तापक्षका नेताहरुबीचमै मतभेद छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री भीम रावल लगायतका नेताले त्यसको विरोध गर्दै आउनुभएको छ । उहाँहरुले एमसीसी अहिलेकै रूपमा ल्याउँदा घातक हुने भन्दै त्यसलाई रोक्ने प्रयास गरिरहनुभएको छ ।सत्तापक्षका केही नेता भने एमसीसीप्रति नरम छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस एमसीसी ल्याउनै पर्ने अडानमा छ । पूर्व प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले एमसीसी जसरी पनि ल्याउनु पर्ने बताउँदै आउनुभएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    जनता टेलिभिजनले विभिन्न दलका नेताहरुसँग एमसीसीबारे बहस गर्दै आएको छ । जनता टेलिभिजनको कार्यक्रम सन्दर्भमा केही दिनअघिको बहसमा नेकपाका स्थायी समिति सदस्य रावलले एमसीसी अहिलेकै अवस्थामा ल्याए राष्ट्रको लागि घातक हुने बताउनुभएको थियो । तर पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले भने एमसीसी रोक्नै नहुने दाबी गर्नुभएको छ । ‘मुलुकको लागि एमसीसिी अति आवश्यक छ’ नेता रिजालले जनताकर्मीसँग भन्नुभयो, तर अहिले त्यसबारे गलत तरिकाले प्रचारबाजी भइरहेको छ ।

    अरुको त के कुरा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र भीम रावल जसरी एमसीसीको विरोधमा लाग्नु भएको छ, त्यो एकदमै गलत छ । माधवकुमार नेपाल हुन त मेरो लागि आदरणीय हुनुहुन्छ । उहाँ प्रधानमन्त्री हुँदा म पनि मन्त्री थिएँ । त्यही कारणले पनि म उहाँलाइ आदर गर्छु तर एमसीसीबारे भने उहाँ र मेरो कित्ता फरक छ । बुझाई फरक छ, मलाई लाग्छ । उहाँहरुले एमसीसी बुझ्नु भएकै छैन ।नबुझी, अध्ययन नगरी त्यसको विरोध गरिरहनुभएको छ ।’ नेता रिजालले एमसीसी नेपालको हितमा रहेको तर्क गर्नुभएको छ ।

    नेपालका लागि करिब ५५ अर्ब रुपैयाँ अनुदान आउनु सकारात्मक रहेको भन्दै नेता रिजालले एमसीसीको विरोध गर्नेहरुले सम्झौतालाई राम्ररी अध्ययन गर्नुपर्ने बताउनुभयो । नेपाल र रावललाई एमसीसी राम्रोसँग अध्ययन गर्न सुझाव दिनुभयो । एमसीसीबारै फैलाइएका हल्ला अफवाह भएको नेता रिजालको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं