SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१२ गते
    ७१५५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखका लागि सर्वसम्मत भएका छन्। प्रतिनिधिसभामा उनको विरूद्ध प्रतिपक्षी दलहरूले कुनै उम्मेदवार खडा गरेका थिएनन्। प्रतिनिधिसभाको आइतबारको बैठकले सापकोटालाई सभामुखमा सर्वसम्मत भएको घोषणा गरेलगत्तै उनलाई पूर्वसभामुख ओनसरी घर्तीले खादा लगाइदिइन्,बधाई दिइन्। लगत्तै सुवास नेम्वाङले सापकोटालाई भेटेर बधाई दिए। तर सापकोटाको नजर भने प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ थियो। सापकोटा प्रधानमन्त्रीलाई भेट्न आतुर थिए।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    त्यसबीचमा सत्तापक्षको बेञ्चको पहिलो लहरमा रहेका पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सापकोटालाई खादा लगाइदिए। अनि शुभकामना थिए। सापकोटाका वरिपरि सांसदहरू बधाई दिन जम्मा भैसकेका थिए। तर सापकोटाले सांसदहरूलाई पर्खन आग्रह गर्दै प्रधानमन्त्री भएतिर दौडिए। प्रधानमन्त्री केपी शर्मा ओली सत्तापक्षकै अन्य सांसद र मन्त्रीहरूसँग कुरा गर्दै थिए। सापकोटाले दौडिएर गएर प्रधानमन्त्रीसँग हात मिलाए। प्रधानमन्त्री ओलीले सापकोटालाई बधाई दिए। सापकोटाले भने सभामुखका रूपमा आफूलाई चयन गरेकोमा ओलीलाई धन्यवाद भने । सापकोटा दौडिएको देखेर प्रचण्ड भने तिनछक परेका थिए ।

    को हुन् सापकोटा ?
    २०१४ फागुन २४ गते सिन्धुपाल्चोकको कुभिन्डेमा जन्मिएका सापकोटा १५ बर्षको अध्यापन पेशा छाडेर राजनीतिमा होमिएका थिए । ०२९ सालमा विद्यार्थी संगठनमा आवद्व भएका सापकोटा ०३५ सालमा नेकपा (चौम) को सदस्य भएका थिए । ०३६ सालको जनमतसंग्रहको घोषणापछि शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष र महासचिव भए । शिक्षक संघर्षमा ०४२ सालमा करिब चार महिना जेल बसेका थिए । ०४८ मा शिक्षक पेशाबाट राजीनामा दिई राजनीतिमा सक्रिय भएका सापकोटा ०४९ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य भए । ०५१ मा नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य र ०५१ असोजमा नेकपा माओवादीको केन्द्रीय सदस्य भएका सापकोटा ०५२ माघदेखि भूमिगत भए । ०५२ फागुनबाट सुरु जनयुद्वको नेतृत्वमा पूर्वी उपक्षेत्रीय ब्यूरो इन्चार्ज, ०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट पोलिट्ब्युरो सदस्यमा निर्वाचित भएका थिए ।

    ०५८ मा सरकारसँग वार्ता गर्न गठीत ३ सदस्यीय वार्ता टोलीको सदस्यका रुपमा उनी वार्तामा सहभागि थिए । ०६२ चैत १४ गते सिन्धुपाल्चोक ठोकर्पामा आयोजित कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाले गरेको हमलामा ३ वटा गोली लागेर उनी गम्भीर घाइतेका थिए । २०६९ माघमा भएको तत्कालीन एकीकृत नेकपा माओवादीको हेटौंडा महाधिवेशनबाट पोलिटब्युरो सदस्यमा निर्वाचित भए । ०६९ साउनमा एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ता भए । त्यसपछि ०७१ मा भएको विराटनगर सम्मेलनबाट स्थायी समिति सदस्यमा निर्वाचित भएका सापकोटा ०७३ मा नेकपा माओवादी केन्द्रको कार्यालय सदस्यका रुपमा थिए ।

    उनी अहिले नेकपाको स्थायी समिति सदस्य छन् । लगातार तीनपटक सांसद निर्वाचित सापकोटा दुईपटक मन्त्री भएका थिए । पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सापकोटा ०६८ वैशाख २२ गते नेपाल सरकारको सूचना तथा संचार मन्त्री भए । दोस्रो संविधानसभामा पनि सिन्धुपाल्चोक–२ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका उनी ०७३ मा वन तथा भू–संरक्षण मन्त्री भए । ०७४ को प्रतिनिधिसभा सदस्यमा सिन्धुपाल्चोक–१ बाट निर्वाचित सापकोटा अहिले त्यही संसदलाई नेतृत्व गर्ने भूमिकामा छन् । र, प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएसँगै संसदमा सुरु भएको छ ‘अग्नी परिक्षा’ । । भिडियो सेतोपाटिबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं