SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/१० गते
    ३५५१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्बत । फलेवास नगरपालिकाको वडा नं. २ थापाठाना मा.बि.मा नगरपालिका भित्रका विद्यालयहरुका ४५ जना कम्प्यूटर शिक्षक र प्रधानाध्यापकहरुलाई एक दिने अभिमुखी करण कार्यक्रम आयोजना गरी बिजयादशमी, शुभ-दिपावली, नेपाल सम्बत, छठ, ल्होसार लगायतका चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम समेत सम्पन्न गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता क्यान पर्वतको अध्यक्ष खडकबहादुर गुरुङ (मदन)ले गरेका थिए भने प्रमुख अतिथि फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्मा, क्यान महासंघ नेपालका केन्द्रिय सचिब जगनबहादुर गुरुङ र क्यान महासंघ नेपाल गण्डकी प्रदेश अध्यक्ष तुलसीराम पाण्डेले गर्नु भएको थियो ।

    त्यसै गरी अतिथिमा प्याबसन पर्वतका पूर्व अध्यक्ष हिमबहादुर पौडेल क्षेत्री, आधिकारिक कर्मचारी ट्रेड यूनियन पर्वतका सचिब बालकृष्ण शर्मा, क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारी (विश्वास), ने.क.पा. फलेवास वडा नं. २ का अध्यक्ष रामबहादुर भण्डारी, नेपाली कांग्रेस फलेवास २ का वडा सभापती थमनसिंह थापा, क्यान पर्वतका नि.वर्तमान अध्यक्ष गोपिनाथ तिमिल्सिना, फलेवास नगरपालिका वडा नं. २ का कार्यवहाक अध्यक्ष गंगाप्रसाद सुवेदी, थापाठाना मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितबहादुर थापा मगर, थापाठाना मा.वि.का प्र.अ. बिष्णुप्रसाद शर्माको उपस्थिती रहेको थियो ।

    कार्यक्रम क्यान पर्वतका सचिब भरत सापकोटाले संचालन गरेका थिए । कार्यक्रममा स्वागत क्यान पर्वतका कोषाध्यक्ष एंव उक्त कार्यक्रमका संयोजक विष्णुप्रसाद सुवेदीले गरेका थिए भने कार्यक्रममाथी प्रकाश क्यान पर्वतका उपाध्यक्ष अच्यूत पौडेल पार्नु भएको थियो । शुभ कामना मनतब्य थापाठाना मा.वि.का प्र.अ. बिष्णुप्रसाद शर्मा, बिशिष्ठ अतिथि क्यान गण्डकी प्रदेश अध्यक्ष तुलसीराम पाण्डे, क्यान महासंघ नेपालका सचिव जगनबहादुर गुरुङ र प्रमुख अतिथि फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्माले राख्नु भएको थियो ।

    कार्यक्रममा सहजीकरण कम्प्यूट ईन्जिनियर अनुप अधिकारी, प्याबसन पर्वतका पूर्व अध्यक्ष हिमबहादुर पौडेल क्षेत्री, महाशिला गाउँपालिकाका सूचना प्रविधि अधिकृत एंव क्यान पर्वतका सदस्य शान्त पौडेल, क्यान पर्वतका सदस्य आशिष पौडेल र क्यान पर्वतका सदस्य उत्तम के.सी.ले गरेका थिए । कार्यक्रम भब्य र सब्य रुपमा सम्पन्न भएको थियो । कार्यक्रमको समापन क्यान पर्वतका अध्यक्ष खडकबहादुर गुरुङ (मदन)ले गरेके थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं