SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१२/१७ गते
    २५१ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, क्यालीफोर्निया । बिगत बर्षहरुमा जस्तै यसबर्ष पनि  बिशेष गरी अमेरिकामा बसोबास गर्ने नेपालीहरुको भावनासँग जोडिएको कार्यक्रम अप्रिल १३ र १४ गते हुने नेपाल परेड डे, अमेरिकामा हालसम्म कै ठुलो राशीको भलिवल प्रतियोगितालाई रुपमा सफल पार्न आथिक सकलन तिब्र पारिएको गैर आवासीय नेपाली संघ एनआएनए अमेरिका पश्चिम क्षेत्रीय अध्यक्ष बिष्णु के.सि.(खत्री)ले सुचनाकेन्द्र डटकमलाई जानकारी दिनु भएको छ ।

    हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि आयोजना भएको नेपाल परेड डेको अबसरमा हुने भलिवल प्रतियोगिता यसपाली थप रोचक बन्दैछ । प्रतियोगिता पुरस्कार राशीको कारण झनै चर्चामा छ । जसको प्रथम पुरस्कार १२ हजार अमेरिकी डलर, मेडल र प्रमाणपत्र हुनेछ । त्यस्तै दोस्रो पुरस्कार ७ हजार डलर, तेस्रो पुरस्कार ५ हजार डलर र चौथो पुरस्कार २ हजार डलरको हुनेछ ।

    अमेरिका राज्य भरीका सबैलाई आमन्त्रण गरिएको प्रतियोगिता भएको कारण पनि सबैको चासोको बिषय भएको पनि अध्यक्ष बिष्णु केसी (खत्री) ले बताउनु भएको छ ।

    यस्तै एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरि ओझाले हामी सबै व्यक्ति र समुदायका सदस्यहरूलाई यो मेगा इभेन्टमा संयुक्त राज्य अमेरिकामा रहेका नेपाली अमेरिकी समुदायको प्रतिनिधित्व गर्न सहयोग गर्न अनुरोध गरी खबर गरेको बताउनु भएको छ ।

    ओझाका अनुसार खेल तथा नेपाल परेड डे को धेरै कुराहरु सफल भएको र केहि कामहरु मात्रै बाकि रहेकोले अब कार्यक्रमलाई भब्य बनाउने तयारीमा जुटेको बताउनु भयो । त्यहि अनुसार अब सबै साथीहरुको जिम्बेवारी बाडफाड गरि काममा लागिरहनुभएको छ ।

    साथै नेपाल परेड डे को मुख्य आयोजक संस्था नै रहेको आदिबासी जनजाति महासंघ  क्यालिफोर्निया अध्यक्ष प्रकाश लामाले सबैको हातेमालोले नै यो कार्यक्रमको सफलता भएको बताउनु भएको छ।

    लामाका अनुसार यो कार्यक्रम सबै नेपाली भाषी र संस्कृतीसँग जोडिएको कार्यक्रम भएकोले आफ्नै ठानेर सबैले हातेमालो गर्नु पर्ने समय आएको सुचनाकेन्द्र डटकमलाई बताउनु भयो ।

    त्यस्तै गैर आवासिय नेपाली संघ क्यालीफोर्निया च्याप्टर उपाध्यक्ष बासु बुढा क्षेत्रीले सबैको सहयोगले आफुहरुलाई निकै हौसला बढाएको बताउनु भएको छ । क्षेत्रीका अनुसार कार्यक्रमले अमेरिकामा रहेका सबै नेपालीहरुमा नयाँ उत्साहा थपेको समेत बताउनु भयो । अप्रिल १२ र १३गते भलिबल ,१४ नेपाल परेड डे,हुनेछ । भलिबल प्रतियोगिताको लागि खेलमैदान पनि छनोट भइसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    लोकदोहोरी गीत प्रतिष्ठानबाट मन क्षेत्री र नन्दमाया दुरा सम्मानित

    पोखरा। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशले पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक...

    एन प्याव्सनको श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर प्रथम

    पोखरा। एन प्यानव्सन कास्कीले आयोजना गरेको दोस्रो नेपाली पठन सिप एवम् श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर एकेडेमी...

    सामुदायिक सेवा केन्द्र वगरको अध्यक्षमा पुनः रामप्रसाद

    पोखरा। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा– १ वगरको शनिबार सम्पन्न २१ औ...

    यति ठूलो सजाय दिनु उपसभामुख रानालाई उचित हुँदैनः प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपसभामुख इन्दिरा...

    बागलुङका पाँच पालिका भाडाकै घरबाट सञ्चालन

    ढोरपाटन (बागलुङ) । बागलुङका पाँच स्थानीय तह भाडाकै घरबाट सञ्चालन हुँदै आएका छन् । जैमिनी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं