SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१२/१५ गते
    १३४ &#२३४६;&#२३३५;&#२३२५;

    घोडाघोडी। चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवकको शव फेला परेको छ । कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाहीले गत सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका थिए ।

    शाहीको शव कैलालीको टीकापुर नगरपालिकास्थित सन्कटीघाटस्थित कर्णाली नदीको किनारमा भेटिएको हो। घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बेपत्ता शाहीको खोजी थालेको थियो । उनको खोजीका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियाबाट सातजनाको गोताखोर टोली परिचालन गरिएको थियो ।

    सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका १७ जनामध्ये शाही मात्र नदीमा डुबेर बेपत्ता भएका थिए । हाम फाल्ने अन्य व्यक्ति पौडी खेलेर बाहिर निस्केका थिए । पुलबाट हाफ फाल्नुअघि उनीहरूले चिसापानीमा मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ ।

    प्रहरी निरीक्षक डाँगीका अनुसार पुलबाट कर्णालीमा हाम फाल्ने सबैजनाले शरीरको माथिल्लो भागको लुगा फुकालेका थिए । प्रहरीले उनीहरूलाई रोक्न खोजे पनि सामूहिक तस्बिर खिच्ने भन्दै चिसापानी बजारबाट पुलतर्फ निस्किएका थिए ।

    उक्त घटनाबारे अनुसन्धान गर्न पुलबाट हाम फाल्ने आठ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरी निरीक्षक डाँगीले बताए । उनका अनुसार सोधपुछका क्रममा नियन्त्रणमा लिएका एकजनाले त्यो दिन हाम फाल्ने कुनै पनि योजना नभएको बयान दिएका छन्

    प्रतिकृया दिनुहोस्

    Loading...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं