SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१२/११ गते
    १४० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत रहेका ४ प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई हटाइएको छ ।इन्सपेक्टर सुरेश खत्रीलाई प्रहरी हेडक्वाटरमा सरुवा गरिएको छ । अर्का इन्सपेक्टर रन्जित लामाको पनि प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ ।

    त्यस्तै वकिल सिंहलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ मा सरुवा गरिएको छ । अर्का इन्सपेक्टर कृष्ण श्रेष्ठलाई पहरा गणमा सरुवा गरिएको छ ।

    यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका इन्सपेक्टर राजु अधिकारीलाई सीआईबीमा लगिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्सपेक्टर गजेन्द्र रावलको पनि सीआईबीमा काज सरुवा गरिएको छ । उनी अपराध अनुसन्धान र ‘टेक्निकल एनालाइसिस’मा अब्बल मानिन्छन् ।

    सुन तस्करी जाँचबुझ आयोगले १ चैतमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले सीआईबीका एआईजी किरण बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा, डीएसपीद्धय रुगम कुँवर र दुर्गा दाहाललाई विभागीय कारबाहीका लागि सिफारिस गरेपछि सबैलाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको थियो ।

    त्यस्तै अनुसन्धानमा खटिएकालाई समेत अन्यत्र सरुवा गर्नुपर्ने भन्ने सिफारिस रहेकाले सोही अनुसार इन्सपेक्टरहरूको पनि सरुवा गरिएको सीआईबी स्रोतले जानकारी दियो ।

    आचार्य अध्यक्ष रहेको आयोगले विद्युतीय चुरोट (भेप)मार्फत भएको सुन तस्करी र २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणको छानबिन गरेको थियो । जसमा अनुसन्धानमा खटिएका सीआईबीका प्रहरीको गम्भीर गल्ती भएको आयोगले प्रतिवेदनमा औंल्याएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं