SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/१६ गते
    ३६५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । सहिद दिवसको अवसर पारेर नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले संचालन गरेको ‘समुदायमा काँग्रेस’ अभियानलाई पर्वतमा पनि आजबाट औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।

    नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा अभियानका लागि पर्वत प्रतिनिधि चम्पादेवी खड्काको प्रमुख आतिथ्यतामा वीपी स्मृति भवनमा भएको बैठकले अभियानलाई जिल्लाका ६१ वटै वडामा एकैसाथ संचालन गर्नेगरि प्रतिनिधि खटाउने निर्णय गरेको पार्टी सचिव गुप्तनिधि शर्माले जानकारी दिए ।

    कार्यक्रममा केन्द्रीय प्रतिनिधि खड्काले अभियानको कार्य संचालन निर्देशिका पढेर सुनाउनु भएको सचिव शर्माले बताए । उनले पार्टीले आफ्नो आन्तरिक अभियानलाई यसअघिनै सम्पन्न गरिसकेको वताउँदै अब संचालक हुने समुदायमा काँग्रेस अभियानबाट आम जनताको समस्या र गुनासोलाई समेत बुझ्ने र समाधानका लागि अगुवाइ गर्ने अवसर प्राप्त हुने दावी गरेको बैठकमा सहभागी एक नेताले वताए ।

    बैठकमा पाटिका गण्डकी प्रदेश सदस्य तथा कांग्रेसका युवा नेता यामबहादुर मल्लले समुदायमा कांग्रेस कार्यक्रमले कांग्रेसको आन्तरिक एकतालाई मजबुत बताएको एक नेताले वताए । नेता मल्लले अभियानमा सहभागी हुन सबै कार्यकर्ताहरुलाई आब्हान गरेको छन् ‌।

    कार्यक्रममा प्रदेश सभा (ख)का प्रतिनिधि एवं गण्डकी प्रदेश सदस्य सीता काफ्ले लामिछानेले अभियानले जनता र पार्टी बीचको सम्बन्धलाई नजिक हुन सहयोग पुग्ने गरेको धारणा बैठकमा राखेको कांग्रेस स्रोतले जानकारी दिएको छ ।

    पार्टीका कार्यबाहक सभापति डा. चूडामणि शर्माले अध्यक्षता गरेको बैठकले समुदायको कांग्रेस कार्यक्रलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।सुशील कोइरालाको स्मृतिको दिन माघ २६ गते समुदायमा कांग्रेस कार्यक्रमको समापन हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं