SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/२७ गते
    ५५२ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, क्यालिफोनिया ।

    मन्जु श्री सम्वत २८६० औं सोनाम ल्होछार (नयाँ वर्ष्) को उपलक्षमा हरेक वर्ष हुँदै आएको सांस्कृतिक कार्यक्रम यस बर्ष पनि तामाङ को अपरेशन सोसाईटी अफ क्यालिफोर्निया सान फ्रान्सिस्को वे एरियामा भब्यताका साथ सम्पन्न हुने भएको छ ।

    जनवरी २७, २०२४ शनिबार का दिन Richmond सिटी को ठुलो र भब्य सिटी हल (City Hall) मा हुने यस पालिको ल्होछार सांस्कृतिक साझ्ंलाई सदा झै पारिवारिक बाताबरणमा सभ्य र भव्य बनाउन स्थानिय र राष्ट्रीय स्तरका कलाकारहरुले तयारी गरी रहेको संस्थाका अध्यक्ष सुरज पाख्रिनले सुचना केन्द्र डटकमलाई बताउनु भएको छ ।

    ७००-८०० जनाको सहभागिता रहने यस बर्षको कार्यक्रममा टुङ्ना र डम्फुको ताल मा बिशेष प्रस्तुती टेक्सासबाट आउनु हुने गायक सर्जक छिरिङ तामाङ्, म्हेन्दो माया गायक हेम वाईबा, प्रसिद्ध सेलो गायिका शशिकला मोक्तान तथा लोका प्रिय गायक मिलन लामाको शान्दार प्रस्तुती रहने समेत अध्यक्ष पाख्रिनले बताउनु भयो ।

    दौतरीहरुको  साथमा मिठो खाना-पिना अनि ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति, अनि च्याङ्वा अनि मैच्याङहरुको मस्का मस्की , सांस्कृतिक नृत्यहरु, अनि DJ DAWA FINZO को NON STOP DANCING NUMBERS तथा सेलो -बे एरिया पुरै नाच्ने छ । तपाई  सम्पूर्ण नेपाली समुदायलाई हाम्रो यो सांस्कृतिक कार्यक्रम मा चुले निम्तो छ है, आउनुहोस र हामी संगै रमाईलो गर्नुहोस भन्दै अध्यक्ष पाख्रिनले सामाजिक सञ्जालमा समेत लेख्नु भएको छ ।

    यती ठुलो र भब्य कार्यक्रम गर्न ३५-४० हजार डलर खर्च आकालन गरि सबैलाई सहयोग गर्न समेत आयोजक संस्थालेनेपाली दाजुभाई दिदिबहिनिहरुलाई अनुरोध गरेको जनरल सेक्रेटरी ग्याल्पो योञ्जनले बताउनु भयो । साथै गैर आवासिय नेपाली समाज अमेरिका पश्चिम अध्यक्ष बिष्णु केसी खत्रीले पनि कार्यक्रममा सबै नेपालीहरु साथ रहेकोले सबै भाषा भाषी नेपाली दाजुभाई दिदबहिनीहरुलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्नु भएको छ ।

    सहयोग आउने क्रम जारी छ,  हालसम्म उहाहरु सहयोग गरिसक्नु भएको छ ।। अब तपाईको पालो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं