SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/७/१० गते
    ५३६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। विद्रोही समूह हमासको आक्रमणमा परी निधन भएका पाँच नेपालीको शव पहिचानका लागि उनीहरुको आमा बाबुको डीएनए इजरायल पठाइएको छ । हमासको आक्रमणमा परी निधन भएका १० जना नेपालीमध्ये पाँच जनाको शव नेपाल आइसकेको छ । पाँच जनाको शव पहिचान हुन नसक्दा नेपाल पठाउन समस्या भइरहेको छ । पाँच नेपालीहरुको पहिचान गर्न उनीहरुका आमा बाबुको डीएनए स्वाब इजरायल पठाइएको हो ।

    उक्त आक्रमणमा परेर निधन भएका धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारीको शव पहिचान हुन सकिरहेको छैन ।

    आक्रमणमा परी बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशीका आमा बाबुको समेत डीएनए स्वाब संकलन गरी पठाइएको छ । आक्रमणमा परी बेपत्ता रहेका जोशीको अवस्था अहिलेसम्म पनि अज्ञात रहेको छ ।

    आक्रमणमा परी मारिएको १० जना नेपाली विद्यार्थीमध्ये बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने र कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव स्वदेश ल्याइसकिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं