SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/३/२८ गते
    ७६६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  ।

    नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीले कांग्रेस माओवादी दुवै पार्टीले एमालेलाई ठाउँ पाएसम्म घानमा पार्ने गरेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दुवै पार्टीले एमालेलाई पटक–पटक घानमा पारेपनि आफूलाई अप्ठ्यारो परेको बेलामा सहानुभूति खोजेको बताए ।

    उनले ०६५ सालमा एमालेले नै कांग्रेसलाई जोगाएको दाबी गरे । ०६५ सालमा प्रचण्डले भनेको मान्छे एमालेले राष्ट्रपति मानेको भए अहिले कांग्रेसको अस्तित्व नै संकटमा रहेको अवस्था हुने उनको भनाई छ ।

    ‘०६५ मा राष्ट्रपति यदि प्रचण्डले भनेको मान्छे एमालेले मानेको भए कांग्रेसले पिण्ड खाईसक्थ्यो । हामीले रामबरण यादवलाई राष्ट्रपति दिएर माओवादीजस्तो यमदूतको अवतारबाट कांग्रेसलाई हामीले जोगायौं,’– उनले भने ।

    एमाले महासचिव मदन भण्डारीको निधन हुँदा कांग्रेसले सहानुभूति पनि व्यक्त नगरेको उनको भनाई छ । एमालेले त्यसो नगरेर माओवादी, कांग्रेस दुवैको दुःखमा दुखको आँशु बगाएको उनले बताए । ‘मदन भण्डारी मर्दाखेरी कांग्रेसले रक्सी खायो । एमाले कांग्रेसको आँशुमा आँशु बगाउँदै आएको र माओवादीको आँशुमा आशु बगाउँदै आएको पार्टी हो,’– उनले भने ।

    अबको राजनीतिमा एमालेसँगको सहकार्यलेमात्रै अगाडि बढ्न सकिने उनको दाबी छ । एमालेसँग सहकार्य नगरेको खण्डमा दुवै पार्टी डुब्ने उनको दाबी छ । ‘अब प्रचण्डलाई कठै भन्नुपर्ने दिन आउँछ, राजनीतिमा । एमालेलाई जो चाँडो सम्झिन्छ, तिनीहरुको मात्रै भाग्य चम्किन्छ । नत्र यी दुवै पार्टी डुब्छन् ।

    ०४८ देखि ०६४ सम्म एमालेलाई कांग्रेसले खाडल खन्यो । ०६४ मा आफैं पर्यो । रामवरणलाई चुनाव जिताएदेखि लिएर ७० मा शुसिल कोइरालालाई प्रधानमन्त्री बनाउँदासम्म एमाले चाहियो । अब देउवाले लात्ताले हान्नेवित्तिकै प्रचण्डजीको पनि जाने ठाउँ काही छैन,’– उनले भने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं