SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/१६ गते
    ५४४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । आफूलाई पुस्तैनी कांग्रेस बताउँदै आएका अर्थशास्त्री स्वर्णिम वाग्लेले आज बिहीबार पार्टी परित्याग गरेको घोषणा गरे ।उनी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने र तनहुँ १ को उपचुनावमा उम्मेदवार बन्ने चर्चा छ । अनलाइनखबरले यसै प्रसंगमा रास्वपा सभापति रवि लामिछानेलाई सोध्यो, ‘स्वर्णिम वाग्लेलाई पार्टी प्रवेश गराएर तनहुँ १ को उपचुनावमा टिकट दिन लाग्नुभएको हो ? उनले हँस्यौलीमा जवाफ फर्काए, ‘यो न्युजलाई तपाईंहरुले ठूलो ठान्नुभयो होला, तर हाम्रा लागि साधारण नै हो ।’

    स्वर्णिमको सम्भावित रास्वपा प्रवेशको खबर आफैंमा भने गम्भीर नै थियो । त्यसैले राजनीति गर्ने मानिसहरुमा चाहिनेजति चलाखी देखाउँदै उनले तत्कालै मिलाए, ‘उहाँलाई पार्टीमा ल्याउने कुरा पहिलेदेखि नै चलिरहेको थियो । भर्खरै उहाँले त्यसै बमोजिम कांग्रेस परित्याग गरेको सूचना पाएँ । अब उपचुनावको उम्मेदवार सम्बन्धी प्रक्रिया अगाडि बढ्छ ।’ रविले बताए अनुसार उपचुनावको उम्मेदवारीबारे रास्वपाभित्र अन्तिम चरणको छलफल चलिरहेको छ । बारा २ मा पनि उम्मेदवारी टुंग्याउनुपर्ने भएकाले समय लागेको लामिछानेले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं