SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/११ गते
    २२० &#२३४६;&#२३३५;&#२३२५;

    हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन् ।शनिबार हेटौंडामा आयोजित नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको दोस्रो अधिवेशन उद्घाटन कायक्रममा उनले मुलुकलाई त्यो अप्ठ्यारो स्थितिबाट मुक्त गर्न कांग्रेसले नेतृत्व गर्ने बताए । मुलुकले भोगिरहेको चरम आर्थिक संकटबाट बाहिर निकाल्न सकेनौं भने हामी नालायक हुनेछौं । नालायकहरुले देश चलाइरहनुपर्छ, सिंहदरबारमा गैरहनुपर्छ भन्ने मलाई लाग्दैन’, उनले भने, ‘इतिहासमा कांग्रेसलाई नालायक बन्न दिन्नौं भन्ने पनि उत्तिकै हामीसँग प्रण छ । उत्तिकै योजना, दृष्टिकोण पनि छ ।’

    राजनीतिक तरलता छ भनेर कांग्रेसलाई छुट नहुने उपसभापति गुरुङले बताए । अहिलेको १० राजनीतिक दललाई नेतृत्व गरेर ५ बर्षसम्म स्थायी सरकार चलाउने हिम्मत कांग्रेसले राखेको उनको भनाइ छ । सरकारमा गएपछि काम गर्न सकिएन भन्ने छुट अरु पार्टीलाई भएपनि कांग्रेसबाट मन्त्री बन्नेहरुलाई छुट नहुने उनले तर्क प्रस्तुत गरे । मुलुकमा आर्थिक समस्या भइरहेका बेला विदेशबाट आयात गरिएका खादा, माला प्रयोग नगर्न उनले अनुरोध गरे । कार्यक्रममा उनले माला लगाउन समेत मानेनन् । उनले भने, ‘केही समयपछि शिक्षक साथीहरुले तलब पाउनुहुन्छ कि हुन्न मलाई थाहा छैन । गुरुले व्यवहाररुपी ज्ञान पनि दिनुपर्छ । बाहिरबाट आएका माला÷खादा लगाउदिन भन्ने प्रतिबद्धता गर्नुस् । आर्थिक संकट छ । मोचन गर्नुछ । फजुल खर्च गर्नुहुँदैन । त्यो ज्ञान मैंले तपाईंहरुबाट पाउनुपर्छ ।’

    संघीय शिक्षा ऐन छिटोभन्दा छिटो ल्याउन पहल गर्ने गुरुङले प्रतिवद्धता जनाए । उनले राम्रो भएको सामुदायिक विद्यालयलाई पछ्याउने काम गर्न शिक्षकहरुलाई अनुरोध गरे । हरेक पालिकाले अब एउटा नमुना विद्यालय बनाउनुपर्ने उनको सुझाब थियो । नमुना विद्यालय कस्तो हुनुपर्छ भन्ने उदाहरण दिंदै उनले भने, ‘ठ्याक्कै नाम लिनुपर्दा बुढानिलकण्ठ स्कुल जस्तो । त्यहाँ ३३ प्रतिशतले निशुल्क पढ्छन्, ६७ प्रतिशतले सशुल्क । सशुल्क कसले पढिरहेको छ, निशुल्क कसले पढिरहेको छ थाहा हुँदैन ।’ कार्यक्रममा उनले पाठ्यक्रमबाट नैतिक शिक्षा हटाउँदा मुलुक भ्रष्टाचारतिर गइरहेको बताए । नेताहरुले पाठ्यक्रमबाट नैतिक शिक्षा झिकेर नथन्काइदिएको भए यति धेरै भ्रष्टाचार नहुने उनको तर्क थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं