SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/११ गते
    २०६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन् । शनिबार रुपन्देहीमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी सभापति शेरबहादुर देउवाले अर्थमन्त्रीका विषयमा कुनै प्रस्ताव नगरेको बताएका हुन् । मलाई प्रधानमन्त्रीले अर्थमन्त्री बन्न भन्नुभएको, सभापतिले भन्नुभएको होइन है, मलाई कसैले बोलाएर केही भनेको छैन’ महामन्त्री थापाले भने, ‘(अर्थमन्त्री बन्न) भनेको, भन्दाभन्दै नगरेको पो हुन थाल्यो कि !’

    थापाले आजसम्म आफूलाई कसैले बोलाएर केही कुरा नदिएको भन्दै उनले आफूलाई कसैले बोलाएर आफ्नो रुचिबारे सोध्ने अपेक्षा पनि नभएको बताए । ‘…किनकी आजसम्म कसैले मलाई बोलाएर केही दिएकै छैन, मैले जे पाएको छु लडेर पाएको छु । मलाई बोलाएर कसरी गर्नुहुन्छ, के गर्नुहन्छ भनेर सोध्नुहुन्छ भन्ने लागेको पनि छैन’ उनले भने । आफ्नो ध्यान २०८४ सालमा कुनै पनि गठबन्धन नगरी एक्लै चुनाव लड्नेमा रहेको थापाले बताए ।

    ‘मलाई के छ भने २०८४ मा नेपाली कांग्रेस यस्तो बनाउनुपर्ने छ कि जतिवटा मोर्चा बने पनि बनोस्, १६५ का १६५ निर्वाचन क्षेत्रमा कसैलाई मत हाल्नु नपरोस्’, उनले भने । नेपाली कांग्रेससँग आठ लाख भन्दा बढी कार्यकर्ता र ३०० भन्दा बढी स्थानीय सरकारको नेतृत्व रहेको भन्दै थापाले ती सबैलाई राम्रोसँग काम लगाउन सकेमा पार्टीलाई राम्रो हुने बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं