SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/५ गते
    २११ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिंदा शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त गर्ने आश रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकपछि नयाँबानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिंदै उनले यस्तो बताएका हुन् । ‘पहिला विश्वासको मत लिंदा ९९.२५ थियो । भोलि १०० नै हुन्छ भन्ने आश छ’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

    गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले यसअघि गत पुस २६ गते विश्वासको मत लिएका थिए । त्यसबेला उनले राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक/एक जना सांसद बाहेक सबै दलका तर्फबाट विश्वासको मत प्राप्त गरेका थिए ।

    त्यसबेला विश्वासको मत दिएका र सरकारमा सहभागीसमेत भएका नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिइसकेको छ । दुवै दलले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेका छन् । सरकारमा सहभागी दलले नै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभाको बैठकमा पुन: विश्वासको मत लिन लागेका हुन् । तर, प्रचण्डले विगतमा भन्दा पनि धेरै अर्थात्, शतप्रतिशत विश्वासको मत पाउने आश रहेको बताएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं