SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/८/१४ गते
    ३२५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय भूमि आयोगले महानगरभित्रका सुकुमबासी समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं काममा उत्रिएको दाबी गरेको छ । आयोगको क्षेत्राधिकारभित्र पर्ने सुकुमबासी समस्या समाधान गर्न भन्दै काठमाडौं महानगर, अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समीति र उपत्यका विकास प्राधिकरण खटिएका छन् ।

    काठमाडौं महानगर र भूमि आयोगबिच ९ भदौ ०७९ मा एक सहमति समेत गरिएको थियो । यो सहमति अनुसार महानगरले आफ्नो क्षेत्रभित्र रहेका सुकुमवासीको लगत संकलन गरेर आयोगलाई बुझाउनुपर्ने थियो । सहमती पत्रमा महानगरले सुकुमवासीको व्यवस्थापनका लागि आयोगलाई सहयोग गर्ने समेत लेखिएको छ । आयोगको तर्फबाट आयोग अध्यक्ष केशव निरौला र महानगरका तर्फबाट मेयर बालेन्द्र शाहले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

    यो सहमति अनुसार काम नगरेर महानगरले आयोगको कामका बाधा पु¥याएको बताउँछन आयोगका उपाध्यक्ष तथा प्रवक्ता नहेन्द्र खड्का । कुराकानीमा उनले भनेका छन्, ‘काठमाडौं महानगरपालिकाले थापाथलीमा जे ग¥यो, त्यो त संविधानको बर्खिलाप नै छ । यसलाई राष्ट्रिय भूमि आयोगको काममा बाधा पुर्याउने हर्कत पनि भन्न सकिन्छ ।’ यता काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धर भने आयोगले समयमा काम नगरेका कारण महानगर आफैं सक्रिय भएको दाबी गर्छन् । उनले भने, ‘आयोगले समयमै काम गरेको भए हामी किन जान्थ्यौं र ?’ सुकुमवासी समस्या समाधान गर्ने निकायले समयमै काम नगरेका कारण आफूहरु सक्रिय भएको उनको दाबी छ ।

    सुकुमबासी समस्या समाधान नभएसम्मका लागि आयोग र महानगरबिचको उक्त सहमतीपत्र लागु हुने लेखिए पनि महानगरले भने आफूले सहमती नतोडेको दाबी गरिरहेको छ । महानगर प्रवक्ता मानन्धर भन्छन्, ‘हामीले सहमती तोडेका होइनौ, सुकुमबासी समस्या समाधान गर्न ढिला भइसक्यो । त्यसैले हामी व्यवस्थापनका लागि लागेका हौं ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं