SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/८/७ गते
    ६२५ &#२३४६;&#२३३५;&#२३२५;

    सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले गृहजिल्ला सुर्खेतबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् । खड्काले मंगलबार खुला पुरुषतर्फ सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन् ।

    पार्टीको केन्द्रीय सदस्य स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भए पनि कार्यकर्ताबाट अनुमोदित हुनका लागि उम्मेदवारी दिएको उनले बताएका छन् । निर्वाचन क्षेत्र नम्बर १ बाट २५ जना महाधिवेशन प्रतिनिधिमा पठाउनुपर्नेमा महामन्त्री खड्का सहित ३६ जनाको उम्मेदवारी परेको छ । खड्का लामो समयदेखि प्रतिनिधिसभामा यही क्षेत्रबाट चुनाव लड्दै आएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका केन्द्रीय सदस्य हृदयराम थानीले भने महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छैनन् । निर्वाचन क्षेत्र नम्बर दुईबाट प्रतिनिधित्व गर्ने थानीको क्षेत्रमा करिब ११ सय प्रतिनिधिहरुले मतदान गर्नेछन् ।

    नेपाली कांग्रसको १४ औ महाधिवेशन अन्तरगत मंगलबार सुर्खेतमा क्षेत्रीय कार्यसमिति पदाधिकारी र महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचन भैरहेको छ । दुईवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा निर्वाचन क्षेत्र नम्बर १ को महेलकुना र २ को बाबियाचौरमा मतदान भइरहेको छ । निर्वाचनमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल समूह प्यानल बनाएर निर्वाचनमा होमिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं