SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/२४ गते
    १५५४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं । नेपाली लोकदोहोरी क्षेत्रका हस्ती चर्चित सर्जक उदीयमान लोकगायक युवराज भुसालले नेपालको पश्चिमी क्षेत्रमा गाइने खेली दोहोरी ‘के पीर पयो बहिनी’ बजारमा ल्याएका छन् । ‘ नेपाली गीत संगीतमा परंपरा जोडने र मौलीकता बचाउने अभिप्रायले खेलीको खेलो गरेको हुं ’ उनले भने । अघिल्लो पुस्तामा लोकप्रिय रहेको खेली गीत पछिल्लो समयमा लोप हुँदै गइरहेका बेला खेली दोहोरी मार्फत उनले गीतसंगीतको क्षेत्रमा महत्वपुर्ण योगदान पुयाएका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    अहिलेको नयाँ पुस्ताले खेलि बिर्सनै लागेका बेला यसमार्फत उनले नेपाली सांगीतिक क्षितिजमा पुनर्ताजगी गराएका छन । २०७६ माघ १७ गते सार्वजनिक भएको खेली गीतको म्युजिक भिडयो युवराज भुसालको आफ्नै आधिकारिक युट्युव च्यानल मार्फत बजारमा आएको हो । विमलराज क्षेत्रीको संगीत संयोजन तथा युवराज भुसालकै लय र शब्द रहेको सो गीतमा गायिका लक्ष्मी न्यौपानेले साथ दिएकी छन् भने गीतको म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् । निर्देशक भट्ट र आयुष्मा कार्कीले अभिनय गरेको सो भिडियोको छायाँकन राजेश घिमिरेले गरेका छन् भने सम्पादन विष्णु शर्मा र अडियो मिक्सिङ रसाइलीले गरेका छन् ।

    पर्वतको बिहादी लिंगसींग स्थायी घर भएका भुसालले सूर्यकुमार क्षेत्रीको शब्दमा ‘तिर्खा पानीको’ भन्ने एल्बमबाट २०६४ सालमा संगीतक्षेत्रको व्यवसायिक यात्रा शुरु गरेका हुन् । यससंगै उनले ‘दिलमा लेखिएसी’, ‘मनको धोको मनमै रहेसी’, ‘नरोइ नरोइ बस मेरी सानी’, ‘सरर आयो पर्वतमा मोटर’लगायतका एल्बम बजारमा ल्याएर आफनो शसक्त उपस्थिति जनाइसकेका छन ।

    उनको यसप्रकारको प्रयासले नेपाली मौलीकता, संस्कार र संस्कृतिको संरक्षणका लागि महत्वपुर्ण भुमिका खेल्ने बिश्वास गरीएको छ । शुरुमा पर्बतको बिहादी र पैयुका अधिकांश गाउबस्तिमा गहिरो छाप दिएका उनले क्रमश देशभरी र बिदेशका नेपालीमा समेत संगीत प्रभाव पुयाएका छन् । उनको पछिल्लो प्रस्तुति खेली पश्चिम नेपालकै मौलिक र सास्कृतिक संपति भएकाले यसबिधामा उनले पुयाएको योगदानलाइ सम्मान गनुपर्ने आवाज पनि उठेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं