SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२५ गते
    १४४३ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द तिमिल्सिना, हेमजा ।हेमजा साहित्य प्रतिष्ठानको आयोजनामा हेमजामा बिद्यालय स्तरीय निबन्धलेखन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा केफ मा.बि का सौगात गौतम प्रथम, भूमेश्वर माविका नवराज ढुंगाना द्धितिय, धवलागिरि बोर्डिङकी सुरक्षा परियार तृतीय तथा स्नो भ्यूकी सम्झना भण्डारी र हेमजा बोर्डिङका अनिष दाहाल सान्त्वना भए । बिभिन्न बिद्यालयका ३२ बिद्यर्थीको सहभागिता रहेको प्रतियोगितामा श्रीभद्र पौडेल र लिलाधर अधिकारी निर्णायक रहेका थिए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि हेमजा सात्यि प्रतिष्ठानका सल्लाहाकार टेकनाथ गौतमले वक्तामा बोल्ने कला हुन आवस्यक रहेको बताउदै बौद्घिक क्षमता अभिवृद्घि गर्न प्रतियोगिताले सहयोग पु¥याएको बताए । उनले प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै बालबालिकाको प्रतिभा प्रष्फुटन हुने क्षेत्रमा लगानी गर्न आफू तयार रहेको बताए ।

    स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष असफल गौतमले प्रतियोगितामा सहभागी हुनु नै विद्यार्थीको सफलता भएको उल्लेख गरे । कार्यक्रममा माछापुच्छे« मावि ढिकुरपोखरीका शिक्षक शालिकग्राम अधिकारी, भूमेश्वर माविका विद्यार्थी नवराज ढुंगाना र महेन्द्र माविकी विद्यार्थी वर्षा क्षत्रीले आफनो भनाइ राखेका थिए ।

    सोही समारोहबीच विद्यार्थीलाई उद्घोषण तालिम समेत दिइएको थियो ।उक्त तालिममा स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष असफल गौतमले सहजीकरण गरेका थिए । प्रतिष्ठान अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन केफ माविकी छात्रा ममता क्षत्रीले गरेकी थिइन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं