SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/२० गते
    ६८ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर पौडेल पोखरा । पोखरा महानगरपालिका वडा नं.८ गिरी डहरमा अतिक्रमित सडक खोलिएको छ । आइतबार पोखरा महानगरपालिकाले नक्सामा रहेको बाटोमा लामो समयदेखि अतिक्रमण गरी निर्माण गरिएको करिब २ सय मिटर क्षेत्रको संरचना हटाएको हो । गिरी डहरमा २०३२ सालको नापी नक्सामा समेत छुट्टिएको बाटो व्यक्तिले अतिक्रमण गरी आवतजावत अवरोध गर्नुका साथै घरको कम्पाउन्ड निर्माण गरेका थिए । जसका कारण बाटो अतिक्रमणमा परेको थियो भने, बाटोको भागमा पर्खाल निर्माण गरिएको थियो । नक्सामा बाटो रहेको, सहज निकास र दमकल तथा एम्बुलेन्स समेत छिर्न नसक्ने अवस्था रहेपछि नियमानुसार बाटो मिचेर निर्माण गरिएको संरचना हटाउन निर्देशन गरिएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

    सम्बन्धित पक्षलाई पोखरा महानगरपालिकाले पटक पटक अतिक्रमित संरचना आफै हटाउन आग्रह गरेकामा अटेर गरेपछि नेपाल प्रहरी र शसस्त्र प्रहरीको सहयोगमा महानगरिय प्रहरी बलले सो संरचना आफै हटाइदिएको हो । नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाका अनुसार बाटोको विषयमा पटक पटक छलफल गरिएको र, संरचना हटाउन आग्रह गरिएकामा अटेर भएपछि बाध्य भएर नगरपालिका आफैले हटाउनु परेको हो ।

    गिरी डहर बाटो निर्माण उपभोक्ता समितिले समेत बाटो अतिक्रमण गरी संरचना निर्माण भएका कारण बाटो निर्माण गर्न नसकिएको बताउँदै आएको थियो । गिरी डहरको करिब २ सय मिटर बाटोको अतिक्रमण हटेपछि अव बाटो बनाउन सहज हुने उक्त समितिले बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं