SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/२० गते
    ५१ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पौडेल बंश महासंघ नेपाल, गण्डकी प्रदेशको आयोजनामा बडा दशैं तथा शुुभकामना आदानप्रदान एवम् बन्धुुमिलन कार्यक्रम
    सम्पन्न भएको छ ।

    न्युुरोडस्थित होटेल दिपसागरको सभाकक्षमा सम्पन्न कार्यक्रममा महासंघका पदाधिकारी तथा सदस्य एवम् पौडेल कर्मचारी बन्धुको सहभागिता थियो । कार्यक्रमका प्रमुुख अतिथि पौडेल बंश महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेलले पौडेल थर, साझा घरको अभियानका साथ पौडेल बन्धुुहरूलाई एकतावद्ध बनाउने तर्फ महासंघ कृयाशिल बनेको बताउनुुभयो । देशभर ठूलो संख्यामा पौडेलहरू रहेको बताउँदै उहाँले महासंघले पूजा समिति हुँदै पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्मका पाँचवटा संरचनामा आवद्ध गरिएको उल्लेख गर्नुुभयो ।

    पौडेलहरूको इतिहास र यसको प्रमाणिकता खोज्ने काम पनि भैरहेको बताउँदै उहाँले तत्कालीन समयमा रंगनाथ पौडेलले रणबहादुर शाहलाई राज्य सञ्चालनार्थ दिनुुभएको राजविधान सारलाई महासंघले प्रकाशन गर्न लागेको जानकारी दिनुुभयो । महासंघका केन्द्रीय सदस्य एवम् वंशावली संकलन समितिका संयोजक प्रा.डा.कृष्णप्रसाद पौडेलले वंशावलीलाई विश्वसनीय बनाउन सम्बद्ध सबै बन्धुहरूको जागरुकता आवश्यक हुने धारणा राख्नुुभयो ।

    कार्यक्रममा बन्धुहरूका तर्फबाट विभिन्न महानुुभावले आआफ्नो सुुझाव प्रस्तुत गर्नुुभएको थियो । उक्त अवसरमा पौडेल बन्धुुहरूको कर्मचारीतर्फ संयोजनका लागि बरिष्ठ मालपोत अधिकृत राजेन्द्रप्रसाद पौडेल, प्राध्यापकहरूतर्फ संयोजनका लागि सह प्रा.उपेन्द्र पौडेल र सञ्चारकर्मीहरूको संयोजनतर्फ रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई संयोजकको जिम्मेवारी प्रदान गरिएको थियो ।
    पौडेल बंश महासंघ गण्डकी प्रदेशका अध्यक्ष रामजी पौडेलको सभापतित्व एवम् सचिव धनञ्जय पौडेलले सञ्चालन गर्नुुभएको कार्यक्रममा प्रदेश भित्रका विभिन्न कार्यालयमा कार्यरत पौडेल कर्मचारी बन्धुुहरूको सहभागिता थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं